वरिष्ठ मूर्तिकार क्रोधकला शिरोमणि कालु कुमाले सम्मानित

पाटन (ललितपुर), १२ कात्तिक : पाटन सङ्ग्रहालयको २८औँ वार्षिकोत्सवका अवसरमा ९३ वर्षीय वरिष्ठ मूर्तिकार क्रोधकला शीरोमणि कालु कुमाले (कुम्हाः) सम्मानित हुनुभएको छ । ललितपुर महानगरपालिका वडा नं १२ मङ्गलबजारस्थित पाटन सङ्ग्रहालय विकास समितिद्वारा आज आयोजित वार्षिकोत्सवमा मूर्तिकलाका क्षेत्रमा क्रियाशील रहेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा योगदान पुर्‍याएबापत उहाँलाई सम्मान गरिएको हो ।

 

वरिष्ठ मूर्तिकार कुम्हाःले ८१ वर्षको उमेरदेखि तीन वर्ष लगाएर निर्माण गर्नुभएको मूर्ति पाटन सङ्ग्रहालयमा प्रदर्शित छ । उहाँले निर्माण गर्नुभएको मूर्तिकला विश्वका ५५ वटाभन्दा बढी राष्ट्रहरूमा पुगेको र नेपालका विभिन्न सङ्ग्रहालय र मठमन्दिरमा उहाँको कला प्रदर्शित रहेको उहाँका छोरा राकेश अवालेले जानकारी गराउनुभयो ।

 

सो अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पाटन सङ्ग्रहालय विकास समितिका अध्यक्ष हरिप्रसाद मैनालीले सम्पदा संरक्षणमा स्थानीय कलाप्रेमी र संस्कृतिप्रेमीले ध्यान दिएर लाग्नुपर्नेमा जोड दिनुभयो ।“स्थानीय प्रशासन र महानगरले सम्पदा संरक्षणमा उत्कृष्ट काम गरेको छ, सम्पदालाई पुस्तान्तर गर्दै जाँदा देशको समृद्धिको आधार बन्दै जान्छ, विभिन्न देशले सम्पदाबाटै आयआर्जन गरिरहेका छन्, हामीले मन्त्रालयबाटै पनि मूर्तिकला क्षेत्रमा काम गर्नेहरूलाई प्रेरित गरिरहने छौँ”, उहाँले भन्नुभयो ।

 

सचिव मैनालीले लुकेका प्रतिभा धेरै भएकाले चिन्न र सम्मान गर्न समय लागेको बताउँदै सम्पदा र संस्कृतिलाई माया गर्ने सबैले किताबको प्रकाशन र यसलाई प्रचारप्रसार गर्ने कार्यमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सुरेश सुरज श्रेष्ठले युवापुस्तालाई संस्कृतिका बारेमा जानकारी दिँदै संस्कृति र सम्पदाका विविध विषयसमेतको उजागर गरेर सङ्ग्रहालयलाई समेट्ने र व्यवस्थित बनाउनुपर्छ भन्नुभयो ।

 

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानले पाटन दरबार सङ्ग्रहालयलाई दीर्घकालीन समयसम्म संरक्षण गर्दै जानका लागि व्यवस्थित र प्रदर्शनीका माध्यमबाट समयसापेक्ष रूपमा लैजान स्थानीय सङ्घसंस्था र तीनै तहको सरकार एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सम्पदा स्थानीय संस्कृतिको प्रतिविम्बित हुने स्थान भएको भन्दै सङ्ग्रहालयसँग सम्बन्धित सामग्रीको सङ्कलन, प्रदर्शनी, सुरक्षा गर्ने कार्य, सूचना प्रवाह गर्ने, अध्ययन अनुसन्धानका काम व्यवस्थित गर्नेलगायत काम गरेर राजस्व सङ्कलन गर्ने काम गरिरहेको पाटन दरबार सङ्ग्रहालयले उत्कृष्ट काम गरिरहेको बताउनुभयो ।

 

क्रोधकला शिरोमणि कालु कुमाले फाउन्डेसनका अध्यक्ष राकेश अवालेले धेरै कलाप्रतिको लगाव र निरन्तरतालाई सम्मान गरेर श्रम र पहिचानको सम्मान गरेको बताउनुभयो । “कलाकारको जन्मथलो पाटनमा मूर्तिकलाको विकासलाई क्रोधकला शिरोमणि कालु कुमालले ९३ वर्षसम्म पनि निरन्तरता दिइरहनुभएको छ, मूर्तिहरूमा जीवनको दर्शन र कला उतारिएको हुन्छ, आजको सम्मानले कलाकृतिहरूप्रतिको सृजनालाई सम्मान भएको”, उहाँले भन्नुभयो ।

 

ऊर्जा योजनाकार एवं सामाजिक उद्यमी इञ्जिनियर अनिल चित्रकारले पाटनको सुन्दरीचोक सम्पदाको महत्त्वपूर्ण पक्ष भएको भन्दै यसको ऐतिहासिक पक्षकाबारेमा किताबमा दस्तावेजीकरण गरिएको बताउनुभयो । “सम्पदा केवल काठ, माटो र आँखीझ्याल मात्रै हैन, त्यसको महत्त्व बेग्लै हुन्छ, हाम्रो सम्पदाका बारेमा हामीले इतिहास कायम गर्नुपर्छ, हाम्रो भाषाप्रति गर्व गर्न सक्नुपर्छ, हामीसँग भएको कुरा र देशमा भएको अवसरका बारेमा गर्व गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

 

पाटन दरबार सङ्ग्रहालयका कार्यकारी निर्देशक रमेशराज पौडेलले सङ्ग्रहालयले नियमित सेवाका साथै उत्कृष्ट नवप्रवर्तनीय कार्यसमेत गर्दै आएको बताउनुभयो । उहाँले सङ्ग्रहालयको विकास, स्तरोन्नतिका साथसाथै सङ्ग्रहालयलाई समयसापेक्ष बहुपक्षीय रूपमा उपयोगी र प्रभावकारी बनाउँदै लैजाने गरी योजना भइरहेको जानकारी गराउनुभयो ।

 

पाटन दरबार सङ्ग्रहालय मल्लकालीन, शाहकालीन र राणाकालीन सम्पदाको विशिष्टताले गर्दा सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हुन सफल भएको छ । कार्यक्रममा विसं २०५४ देखि निरन्तर रूपमा पाटन सङ्ग्रहालयमा कार्यरत चिरीमैचा महर्जनलाई सम्मान गरिएको छ ।  राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९