मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ प्रयोग गर्न पाउने

कञ्चनपुर,  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका उपभोक्ताहरुले घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) प्रयोग गर्न पाउने भएका छन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेश पश्चात उपभोक्ताले नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएका हुन् । चार वर्षअघि नियम विपरीत राजस्व लिएर नदीजन्य पदार्थ उत्खनन भइरहेको भन्दै अदालतमा मुद्दा परेपछि नदीजन्य पदार्थको प्रयोगमा रोक लागेको थियो ।

“उपभोक्ताको अधिकार हनन भएको कुरा सर्वोच्च अदालत समक्ष राख्यौंँ”, सुनदेवी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष भरतबहादुर विष्टले भन्नुभयो, “अदालतले मर्का बुझेपछि उपभोक्ताको हितमा हुने गरी अन्तरिम आदेश जारी  गरेपश्चात नदीजन्य पदार्थमा लगाइएको रोक हटेको छ ।”
नदीजन्य पदार्थमा रोक लगाइएपछि उपभोक्ताले घर निर्माण लगायतका अन्य भौतिक पूर्वाधार निर्माण गर्दा रु दुई हजार प्रतिट्रली पर्ने ढुङगा, गिट्टी, बालुवाको रु छ हजारदेखि आठ हजारसम्म तिर्न बाध्य रहँदै आएको उहाँले बताउनुभयो । नदीजन्य पदार्थमा लगाइएको रोक हटेसँगै उपभोक्ताले सहजरुपमा नदीजन्य पदार्थ घरायसी प्रयोजनका लागि प्रयोग गर्न पाउने भएको उहाँको भनाइ रहेको छ ।
उहाँका अनुसार निकुञ्जका नौ वटै मध्यवर्ती समिति अन्तगर्तका ४८ सामुदायिक वनका २० हजार बढी बासिन्दाले नदीजन्य पदार्थको प्रयोग गर्न पाउने छन् । नदीजन्य पदार्थ उत्खननका लागि निकुञ्जले यस अघिनै वातावरणीय प्रभाव मूल्याङ्कन(इआइए)को कार्य यसअघि नै गरेकाले त्यसै अनुरुप नदीजन्य पदार्थ उपलब्ध हुने समितिका सचिव दामोदर जोशीले बताउनुभयो ।
“सो कुरा मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने सामुदायिक वनका पञ्चवर्षीय कार्य योजनामा उल्लेख गरिएको छ”, उहाँले भन्नुभयो, “यसका लागि निर्देशिकासमेत निर्माण गरिएको छ ।” उहाँका अनुसार नदीजन्य पदार्थ मध्यवर्ती क्षेत्रअन्तर्गत रहेका समितिको सिफारिसमा सामुदायिक वनले उपभोक्तालाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

 

मध्यवर्ती क्षेत्रका उपभोक्ताले नदीजन्य पदार्थ आवश्यकताका आधारमा प्रयोग गर्न पाउने भए पनि भण्डारण(थुप्रो) गरेर राख्न नपाउने र अन्यलाई बेच्न भने पाउने छैनन् । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत चन्द्रशेषर चौधरीले जारी गर्नुभएको सूचनामा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गत असोज ३१ गतेको निर्णयानुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्ताका लागि घरायसी प्रयोजनका लागि नदीजन्य पदार्थ प्रयोग गर्न सम्बन्धित उपभोक्ता समितिअन्तर्गतका उपभोक्ताका माग सम्बोधन गरिएको छ ।

 

यही कात्तिक १६ गतेदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको निर्णय तथा अन्य प्रचलित ऐन तथा नियमको परिधिभित्र रही नियमानुसारको राजस्व लिएर सो कार्य गराउन अनुरोध गरिएको छ ।मध्यवर्ती क्षेत्रका उपभोक्ताले वर्षांैपछि नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णय स्वागतयोग्य रहेको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले बताउनुभयो ।

“नदीजन्य पदार्थ सहज रुपमा उपलब्ध नहुँदा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने उपभोक्तालाई निकै असहजता थियो”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थकै अभावमा वडाका धेरै परिवारले घर निर्माण गर्न सकेका छैनन्, केहीका घर निर्माणका कार्य अधुरा रहेका थिए, निकुञ्जले नदीजन्य पदार्थमा लगाएको रोक हटेसँगै स्थानीय बासिन्दालाई निकै सहुलियत हुने भएको छ ।”

मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने शुक्लाफाँटा वडा नं ६ का वडाध्यक्ष दानसिंह ऐरले मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन नगरिँदा नजिकका बस्ती निकै जोखिममा रहेको बताउनुभयो । “नदीजन्य पदार्थ थुप्रिएर खोला तथा नदी बस्तीभित्रै पस्ने प्रवल सम्भावना थियो”, उहाँले भन्नुभयो, “नदीजन्य पदार्थ थुप्रिँदा वर्षाका बेला खोला, नदी थुनिएर बाढी बस्तीमा पसेर निकै ठूलो क्षति हुने सम्भावना प्रवल बनेको थियो, नदीजन्य पदार्थ प्रयोग गर्न पाउने निर्णयसँगै त्यो जोखिम हटने विश्वास लिएका छौँ ।”चुरे भएर बग्ने नदी, खोला र खेतीयोग्य जग्गाको सतह बराबर हुन पुगेपछि खेतीयोग्य जग्गा बगरमा परिणत हुदै आएको उहाँको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९