झिसमिसेदेखि साँझ अबेरसम्म काममा भेटिने श्रमिक अधिकृत ‘दर्जी’

हेटौँडा (मकवानपुर),  बिहानको झिसमिसे उज्यालोमा बागमती गाउँपालिकाको केन्द्रतर्फको बाटोमा केही मानिसहरू बेल्चा र कोदालो बोकेर अगाडि बढिरहेका हुन्छन् । केहीको हातमा कोदालो, कोही ढुङ्गा उठाउँदै छन् र कोही हाँस्यौली अनुहारले एकअर्कालाई ‘शुभबिहानी’ भन्दै स्वागत गर्दैछन् । गाउँपालिका अध्यक्ष सर्केश घलानले सात वर्ष अगाडिदेखि चलाउनुभएको श्रमदानको अभ्यासलाई आत्मसात् गर्दै त्यसै भीडभित्र हिलोले छ्यापिएको जुत्ता र मुस्कानले झल्किएको अनुहारसहित देखिन्नुहुन्छ प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी ।

 

नेपालका अधिकांश सरकारी अधिकृतहरू कार्यालयको कुर्सीमा सीमित देखिन्छन्, तर दर्जी भने फरक ढङ्गले चिनिनुभएको छ । हुन त बागमती गाउँपालिकाका अध्यक्ष आफ्नै चाडबाड बिदामात्र होइन बिहान ५ः०० बजेदेखि रातको १२ः०० बजेसम्म कि त पालिका या त कार्यस्थलमा भेटिनु विगत सात वर्षदेखिको दैनिकी नै भइसकेको छ, तर यहाँ प्रशासकीय अधिकृत भएर आउनुभएका दर्जीलाई पनि यही काममा भेट्दा भने स्थानीयको हौसला थप मजबुत भएको छ ।

 

बिदा, बिहान र साँझ जुनसुकै समय होस्, दर्जी गाउँको विकासका हरेक काममा आफ्नै हातले घामपानी साटेर सहभागी बन्ने गर्नुभएको छ । गाउँका बूढाबूढीदेखि विद्यालयका बालबालिकासम्मले उहाँलाई अब ‘श्रमिक अधिकृत’ भनेर चिन्न थालेका छन् । मकवानपुरको बागमती गाउँपालिकामा अहिले मापदण्डअनुसारको खेलमैदान, पक्की सडक र साना पुल बनेका छन् । यी संरचना सरकारी ठेक्काले होइन, श्रमदानले बनेका हुन् ।

 

गाउँपालिकाका अध्यक्षदेखि स्थानीय युवासम्म हरेक शनिबार बिहान बेल्चा बोकेर उपस्थित हुन्छन् । दर्जी र गाउँपालिकाका अध्यक्ष दुवै जनाले सामाजिक सञ्जालमा बिहानै ‘शुभबिहानी, आज पनि श्रमदानमा भेटौँ’ भन्ने सन्देश पठाउनुहुन्छ, यो सन्देशले श्रमदानमा स्थानीयलाई जुटाइरहेको छ । त्यो सन्देश पढ्ने बित्तिकै गाउँका युवादेखि महिला समूहसम्म काममा जुट्ने गरेको दर्जीको भनाइ छ । “श्रमदानले पैसाको भन्दा मनको एकता ल्याउँछ”, दर्जीको भनाइ हो, “यो विकासभन्दा पनि सामाजिक भावना निर्माणको अभ्यास हो ।”

 

अधिकृत दर्जीका अनुसार कार्यालयमा कागजमा मात्रै हस्ताक्षर गरेर विकास हुँदैन, गाउँको माटोमा पसिना बगाउँदामात्र विकासको स्वाद आउँछ । “म आफ्नो पदको होइन, आफ्नो कामको जिम्मेवारीमा बाँधिएको छु”, उहाँ भन्नुहुन्छ, “बागमतीको माटोमा पसिना बगाउन पाउनु नै मेरो पुरस्कार हो ।”

 

स्थानीय मुक्ति लामा भन्नुहुन्छ, “पहिले सरकारी कर्मचारी भनेपछि डर लाग्थ्यो, अब दर्जी सर आएपछि लाग्छ– कर्मचारी पनि हाम्रै साथी हुन्, हाम्रै गाउँको माटोमा पसिना बगाउने साथी ।” उहाँका अनुसार श्रमदान अभियानले गाउँपालिकाको स्वरुप नै फेरिदिएको छ । पहिले धुलो र हिलोमात्र देखिने बाटो अहिले कालोपत्र भएको छ । खेतका छेउमा खेलमैदान, खोलामा पुल र सामुदायिक भवन निर्माण भएका छन् । लामाका अनुसार दर्जीको हरेक कुरा, हरेक शब्दमा अनुभव, जिम्मेवारी र सेवाको भावना मिसिएको महसुस हुन्छ ।

 

सुनापतिबाट सुरु भएको यात्रा

रामेछाप जिल्लाको सुनापति गाउँपालिकाको दुर्गम सानो गाउँमा जन्मेर हुर्कनुभएका ओमबहादुर दर्जीको जीवनयात्रा पनि गाउँको बाटोझै धुलाम्मे तर दृढ छ । परिवारलाई वर्षमा पाँच–छपटक मात्र भेट्ने उहाँको अधिकांश समय कार्यालय र श्रमदानमा नै बित्ने गरेको छ । विसं २०६९ फागुन २० गते उहाँले लोकसेवा आयोग नारायणी अञ्चल कार्यालय हेटौँडाबाट खरिदार पदमा सरकारी सेवा सुरु गर्नुभयो ।

 

बाराको इनर्वासिरा र तेतरिया गाविसमा सचिवका रूपमा काम गर्दा उहाँले गाउँगाउँका समस्या नजिकबाट देख्नुभयो । विसं २०७२ पुस १ गतेदेखि उहाँले सर्वोच्च अदालतमा नायबसुब्बाको जिम्मेवारी पाउनुभयो । तर कार्यालयको चमकदार कुर्सीभन्दा पनि उहाँलाई गाउँको माटो मन पर्यो, त्यसैले २०७४ साल मङ्सिर २५ गते शाखा अधिकृत बनेपछि उहाँले प्रशासनलाई व्यवहारसँग जोड्ने प्रण गर्नुभयो । विसं २०७५ साल साउन ८ गतेदेखि ओखलढुङ्गाको लिखु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हालेको उहाँले बताउनुभयो ।

 

ओखलढुङ्गामा उहाँले सामुदायिक विद्यालयमा छात्रवृत्ति पारदर्शी बनाउनेदेखि गाउँकै युवासँग सडक निर्माणमा सहभागिता बढाउने अभियान चलाउँदा आनन्द मिलेको बताउनुभयो । त्यसपछि चिसङ्खुगढी गाउँपालिकामा काम गर्दा स्थानीय बासिन्दासँगै पहिलोपटक ‘श्रमदानले सडक बन्छ’ भन्ने अवधारणा व्यवहारमा उतारेको उहाँ सम्झनुहुन्छ । विसं २०७८ मङ्सिर ५ गते सिन्धुलीको मरिण गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत बनेर त्यहाँ पनि श्रमदानको परम्परा स्थापित गरेको उहाँको भनाइ छ ।

 

उहाँ भन्नुहुन्छ, “श्रमदानमा रमाउने मलाई श्रमदानबाटै धेरै विकास निर्माण भइरहेको पालिकामा काम गर्न पाउँदा थप हौसला र जोश मिलेको छ ।” विसं २०८१ असोज ४ गतेदेखि मकवानपुरको बागमती गाउँपालिकामा आएपछि यो अभियानमा जुटेको उहाँ बताउनुहुन्छ ।

‘सेवाग्राही हाम्रा भगवान् हुन्’

दर्जी कार्यालयमा पनि उत्तिकै व्यवस्थित र अनुशासित रहनुहुने पालिका अध्यक्ष घलानको भनाइ छ । उहाँका अनुसार दर्जीको टेबलमा सधैँ एउटा नोट लेखिएको हुन्छ– ‘सेवाग्राही हाम्रा भगवान् हुन् ।’ दर्जीका अनुसार प्रशासन भनेको जनता र सरकारबीचको पुल हो, जसलाई पारदर्शिता, संवेदना र उत्तरदायित्वले मात्र मजबुत बनाउन सकिन्छ । “सेवा लिन आउने नागरिक हाम्रा मालिक हुन् । सकेसम्म हरेक सेवाग्राहीलाई काम लिएर खुसीसाथ फर्काउन पाए सन्तोष मिल्छ”, उहाँले भन्नुभयो ।

 

दर्जीले सेवाग्राहीसँग सधैँ आत्मीय व्यवहार गर्ने सेवाग्राहीहरूको भनाइ छ । बागमती गाउँपालिकामा नागरिकता, जग्गा दर्ता, कर तिर्ने प्रक्रिया सजिलो भएको स्थानीय बताउँछन् । अन्य कर्मचारीहरू पनि उहाँसँगै बिहान सबेरै कार्यालय पुग्छन् । “हाम्रो हाकिमले बिदामा पनि काम गर्नुहुन्छ भने हामी किन पछि पर्नु ?”, एक कर्मचारीले हाँस्दै भन्नुभयो ।

जनताको सरकार, जनताको हातबाट

दर्जी र गाउँपालिकाका अध्यक्षको सहकार्यले अहिले बागमती गाउँपालिकामा ‘जनताको सरकार’ भन्ने वाक्यांश अर्थपूर्ण बनेको छ । गाउँपालिकाले स्थानीय स्रोत परिचालन गरेरमात्र होइन, जनताको श्रम र सहभागिताबाट काम सम्पन्न गर्ने अभ्यास सुरु गरेको छ ।

 

साना पुल, खानेपानीका पाइप लाइन, पर्खाल र विद्यालयको शौचालय निर्माण सबै श्रमदानकै बलमा सम्भव भएका छन् । स्थानीय युवा विवेक सिन्तान भन्नुहुन्छ, “दर्जी सर हामीसँगै कोदालो चलाउनुहुन्छ, उहाँ हाकिम होइन, साथी हो, जब उहाँ हामीसँगै पसिना बगाउनुहुन्छ, तब हामी पनि काम गर्न उत्साहित हुन्छौँ ।”

 

सिन्तानका अनुसार कार्यालयमा हाकिम नियमित र सबेरै आएमा अन्य कर्मचारी पनि उत्तिकै जिम्मेवार बन्ने रहेछ भनेर थाहा पाउन बागमती गाउँपालिका हेरे पुग्छ । श्रमदानले गाउँको एकता बलियो बनाएको सिन्तानको भनाइ छ । पहिला जात, समुदाय र विचारमा विभाजित गाउँ अहिले एउटै उद्देश्यमा जोडिएको बताउँदै उहाँले गाउँ आफैँ बनाउने अभियानमा लागेका कारण जेनजी आन्दोलनमा पनि पालिकाका संरचना सुरक्षित भएको हो ।

श्रम र सेवामा समर्पण

बागमतीका गाउँमा पसिना बगाउने किसानमात्रै देखिन्थे, अहिले त्यही माटोमा सरकारी अधिकृतदेखि जनप्रतिनिधिसम्म उभिएका देखिन्छन् । त्यो दृश्य हेर्दा लाग्छ– विकासको असली बाटो यन्त्र होइन, मानवको श्रम र भावना हो । दर्जीले देखाएको उदाहरणले अहिले अन्य गाउँपालिकाका कर्मचारी पनि प्रेरित भएका छन् । कसैले सडकमा झार उखेलेर सुरु गर्छन्, कसैले विद्यालयमा रङरोगन गर्छन् । श्रमदान अब सरकारी आदेश होइन, स्थानीय गौरव बन्न थालेको छ ।

 

नेपालजस्तो देशमा जहाँ स्रोत सीमित छन्, त्यहाँ ओमबहादुर दर्जीजस्ता अधिकृतहरू नै असली राष्ट्रसेवक हुन् । बागमती गाउँपालिकाले प्रमाणित गरेको छ– “देश विकासका लागि ठूलो बजेट होइन, साँचो निष्ठा र लगन चाहिन्छ ।” बागमती गाउँपालिकामा रङ्गशाला, कुलो, सडक, पुललगायत थुप्रै भौतिक पूर्वाधारसँग सम्बन्धित संरचनादेखि लिएर वृक्षारोपणलगायत कार्यहरू श्रमदानबाट निर्माण भएको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

एमाले महाधिवेशनः मतदान सम्पन्न, २२२७ मत खस्यो

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि भएको मतदानमा दुई हजार २२७ जनाले मतदान गर्नुभएको छ ।महाधिवेशनस्थल भृकुटीमण्डपमा केहीबेर अघि मतदान सम्पन्न केन्द्रीय निर्वाचन आयोग उपाध्यक्ष सानुराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ जना मतदानमा अनुस्थित भए ।...

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो...

ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार सिरियासहित थप सात देशका नागरिक र प्यालेस्टिनी प्राधिकरणका पासपोर्ट वाहकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेशमा पूर्ण यात्रा प्रतिबन्ध लगाउने निर्णय गर्नुभएको छ । यस कदमसँगै राष्ट्रियताको आधारमा मात्र अमेरिका प्रवेशमा रोक लगाइएका देशहरूको सङ्ख्या करिब ४० पुगेको छ ।...

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट (बागलुङ),  यहाँको बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आउनुभएका एक ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गर्नुभएको छ । २०८१ फागुन २ गते राष्ट्रिय समाचार समितिमा ‘बूढेसकालमा नाम खोजिरहेका धान्द्रुके बाजे’ शीर्षकमा समाचार प्रकाशित भएपछि उहाँ नागरिकताबाट वञ्चित हुनुभएको बारेमा उजागर भएको थियो ।   सो समाचार प्रकाशित...

जेन्जी विद्रोहको १०० औँ दिनः मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी- रवि किरण हमाल

काठमाडौँ – जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ।     जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

पर्वत र बागलुङका धार्मिकस्थलको प्रवर्द्धनात्मक भ्रमण

गण्डकी, भारतीय टुर अपरेटर र सामाजिक सञ्जाल इन्फ्लुएन्सरसहितको टोलीले बुधबार पर्वत र बागलुङका विभिन्न धार्मिक गन्तव्यस्थलको प्रवर्द्धनात्मक भ्रमण गरेका छन् । आज पोखरामा हुन लागेको दोस्रो ‘भारत–नेपाल टुरिज्म मिट’ अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–५ मोदीवेणी धाम, बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका भगवती मन्दिर र शालिग्राम सङ्ग्रहालयमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–१ बडीकाथाईस्थित दानवीर सामुदायिक वन उपभोक्ता समूहको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ।   संस्थाकी अध्यक्ष कल्पना थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि मोहन्याल गाउँपालिका–१ का वडा अध्यक्ष पिरम बुढा (प्रेम) रहनुभएको थियो। विशिष्ट अतिथिमा सव–डिभिजन वन कार्यालय फलेबीसौंनाका वन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी

भजनी (कैलाली), कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ । माध्यमिक तहमा विद्यालय सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्यून हुँदा शिक्षकको अभाव छ ।जिल्लामा सामुदायिकतर्फ माध्यमिक तहसम्मको पठनपाठन हुने विद्यालय सङ्ख्या १७४ छ । संस्थागतसहित कूल ३१२ विद्यालयले...

महोत्तरीमा पुस ४ देखि एक महिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना हुँदै

जलेश्वर (महोत्तरी),  महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने  परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर)  सुरुआत हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा...

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अफगानिस्तानलाई जितका लागि १२५ रनको लक्ष्य दिएको छ । दुबईमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२४ रनमा अलआउट भयो ।   नेपालका लागि दिलसाद अलीले सर्वाधिक...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९