बर्दगोरिया-४ मा सुर्तीजन्य र मादक पदार्थ बिक्री गरे कारवाहि हुने

कैलाली । बर्दगोरिया गाउँपालिका वडा नं ४ मा विद्यालयवरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्न नपाइने भएको छ । वडा कार्यालयले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाहि गर्ने भएको छ ।केही दिन अघि बालविवाह र सार्बजनिक स्थलमा धुम्रपान सुर्तीजन्य र मादक पदार्थ समन्धित सूचना वडा कार्यालयले निकालेको थियो । वडा अध्यक्ष र वडा सदस्य गाउँ टोलमा जनतालाई सम्झाउन जाँदा विद्यालय र विभिन्न संघ संस्थाका नजिक सुर्तीजन्य र मादक पदार्थका पसलको विषयमा चर्को आवाज उठे पछि यो सूचना निकालेको वडा अध्यक्ष शाहीले बताउनुभयो । पछिल्लो समय वडाका जनप्रतिनिधि र कर्मचारी विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छन् । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको वडा अध्यक्ष जगत बहादुर शाहीले बताए । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि वडा कार्यालयले उक्त अभियानको शुरुआत गरेको हो । विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए÷नभएका बारेमा सूचना जारी गरेको मितिले १५ दिन पछि गाउँपालिकाले अनुगमन गर्ने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

 

गाउँपालिकाका उपाध्यक्ष गणेश राज गिरी (लालदीप)को नेतृत्वमा अनुगमन दिनहुँ विभिन्न विकासका आयोजना संघ संस्थामा अनुगमन गर्न थालेको हो ।

 

 

विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न वडा कार्यालयले सबैमा आग्रह गरेको छ । वडा कार्यालयको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने वडा अध्यक्ष शाहीले बताउनुभयो ।

 

उहाँले भन्नुभयो, “हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेका छौँ, हाम्रो आग्रहलाई बेवास्ता गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ ।” विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको सूचनामा भनिएको छ ।

 

सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले स-साना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब ५०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइने छ । “सुर्तीजन्य पदार्थको प्रयोगले स-साना विद्यार्थीमा नराम्रो असर पर्छ, त्यसैले विद्यालय वरपर उक्त पदार्थ बेच्ने नगरौँ, अभिभावक पनि सचेत हुनु जरुरी छ ।” सुर्तीजन्य र मदिराजन्य पदार्थ बालबालिकालाई बिक्री वितरण नगर्न नगराउन सूचनामा भनिएको छ ।

 

उहाँले भन्नुभयो, बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ बेचबिखन तथा ओसारपसारमा काम नलगाउन र सार्बजनिक पदमा रहेका व्यक्तिहरुले सार्वजानक  स्थलमा धुम्रपान जुवा, तास सुर्ती सेवन नगर्न नगराउन भनी सूचना निकालेका छौँ, नियम मिच्नेमाथि कडा रूपमा प्रस्तुत हुनेछौँ । बर्दगोरिया गाउँपालिका स्थानीय सरकारले अनुगमन विभिन्न समयमा गर्दै आएको र यस क्रममा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ हटाउनका लागि तीव्ररूपमा बजार अनुगमन गरिने लागिएको छ ।

 

 

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ को परिच्छेद दुईको दफा चारको उपदफा एकमा ‘कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सूर्तिसेवन गर्न पाउने छैन’ भन्ने व्यवस्था गरिएको छ।

 

 

सार्वजनिक स्थलमा मदिरा तथा सुर्तीजन्य पदार्थहरूको सेवनले अरूलाई पनि असर गर्ने तथा सेवनका लागि प्रोत्साहन गर्ने भएकोले सरकारले ऐन नै बनाएर यसलाई नियन्त्रणमा राख्ने प्रयास गर्दै आएको छ। तर ऐनमा रहेको प्रावधानलाई धेरै ठाउँमा उल्लंघन गरिरहेको देख्न सकिन्छ।

 

 

 

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८ ले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालीम तथा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल कारखाना कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटेल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, छात्रावास, धर्मशाला, धार्मिक स्थल, सार्वजनिक सवारीको प्रतीक्षालय, रङ्गशाला, कभर्डहल लगायतलाई सार्वजनिक स्थलका रूपमा व्याख्या गरेको छ।

 

सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐनको दफा १७ मा धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन सार्वजनिक स्थलमा गरेमा कस्तो सजाय हुने भन्ने व्यवस्था गरिएको छ। जसमा धूम्रपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँदा नमानेमा वा पटक पटक धूम्रपान वा सुर्ती सेवन गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना वा सजाय गर्नु पर्ने भनिएको छ।

 

धूम्रपान वा सुर्ती सेवन गर्ने व्यक्ति सार्वजनिक स्थलसँग सम्बन्धित व्यक्ति वा कर्मचारी भएमा धूम्रपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र पटक पटक धूम्रपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी निजको नेपा सेवा सर्त सम्बन्धी कानुन बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्नुपर्ने भनिएको छ। ऐनमा विभिन्न फरक फरक दफाको उल्लंघन भएमा फरक फरक सजायको व्यवस्था रहेका छन्। जसमा एक लाख रुपैयाँसम्मको जरिवानाको व्यवस्था रहेको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी

जनकल्याण सामुदायिक वनको आम्दानी जनताको हितमा : “वन जोगाए मात्रै भविष्य सुरक्षित हुन्छ” — अध्यक्ष जनक गिरी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९