पूर्व प्रधानमन्त्रीलाई शरण दिएको विरोधमा पेरुद्वारा मेक्सिकोसँग कूटनीतिक सम्बन्ध विच्छेद

लिमा, पेरु सरकारका विदेशमन्त्री ह्युगो डे जेलाले सोमबार राजधानी लिमामा आयोजित पत्रकार सम्मेलनमा पेरुले मेक्सिकोसँगको कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको घोषणा गर्नुभएको छ । उक्त निर्णय पेरुकी पूर्व प्रधानमन्त्री श्रीमती बेट्सी चाभेजले मेक्सिकोबाट शरण मागेपछि गरिएको हो । चावेजमाथि हाल विद्रोहसम्बन्धी मुद्दामा अनुसन्धान चलिरहेको छ।

विदेशमन्त्री डे जेलाका अनुसार मेक्सिकोको लिमास्थित राजदूतावासले चाभेजलाई शरण प्रदान गर्ने निर्णय लिँदा दुई देशबीच पहिले नै रहेको राजनीतिक तनावलाई अझ चर्काउने ‘अत्यन्तै प्रतिकूल कार्य’ गरेको हो । उहाँले मेक्सिकोले पेरुको आन्तरिक मामिलामा बारम्बार हस्तक्षेप गर्दै आएको आरोप लगाउनुभयो ।यसैबीच राष्ट्रपति जोसे जेरीको कार्यलयबाट जारी विज्ञप्तिमा पनि मेक्सिको सरकारमाथि पेरुको आन्तरिक विषयमा अनावश्यक र बारम्बार हस्तक्षेप गरेको आरोप लगाइएको छ ।

अधिकारीहरूका अनुसार सन् २०२२ मा तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोले संसद् विघटन र आपतकाल घोषणा गर्ने असफल प्रयासमा संलग्न भएको अभियोगमा चाभेजमाथि अनुसन्धान भइरहेको छ । त्यसबेला सेनाको समर्थन नपाएपछि क्यास्टिलो तत्कालै संसद्द्वारा पदच्युत हुनुभएको थियो । त्यसपछि उहाँलाई विद्रोह उक्साएको अभियोगमा पक्राउ गरिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले चाभेजमाथि राज्यसत्ताविरुद्धको विद्रोहको अपराधमा सहयोगीको रूपमा आरोप लगाएको छ र उहाँका लागि २५ वर्षसम्म कैद सजायको माग गरेको छ ।विदेशमन्त्री डे जेलाले भन्नुभयो, “आज हामीले गहिरो खेदका साथ थाहा पायौँ कि तत्कालीन राष्ट्रपति पेड्रो क्यास्टिलोद्वारा गरिएको कू प्रयासकी सह–लेखिका पूर्व प्रधानमन्त्री बेट्सी चाभेजलाई लिमास्थित मेक्सिकाली दूतावासमा शरण दिइएको छ ।”

मेक्सिको सरकारले भने अन्तर्राष्ट्रिय कानूनअनुसार शरण प्रदान गरिएको बताउँदै पेरुको निर्णयप्रति खेद प्रकट गरेको छ । मेक्सिकोको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “मेक्सिकोले पेरुको एकपक्षीय निर्णयलाई अत्यधिक र असमान प्रतिक्रिया मानेको छ । यो कुनै पनि रूपमा पेरुको आन्तरिक मामिलामा हस्तक्षेप होइन ।”

यसअघि पनि मेक्सिकोले पूर्व राष्ट्रपति पेड्रो क्यास्टिलोप्रति सहानुभूति प्रकट गर्दै उहाँकी श्रीमती र सन्तानहरूलाई शरण दिएको छ । क्यास्टिलो वामपन्थी मञ्चमार्फत सत्तामा पुग्नुभएको थियो र सन् २०२२ डिसेम्बरमा संसद् विघटनको घोषणा गरेपछि पदच्युत हुनुभएको थियो ।

गत अक्टोबरमा मेक्सिकाकी राष्ट्रपति क्लाउडिया सेनबामले क्यास्टिलोप्रति समर्थन व्यक्त गर्दै उहाँलाई ‘कूको सिकार’ भएको बताउनुका साथै निष्पक्ष सुनुवाइ र रिहाइको माग गर्नुभएको थियो ।पेरुको विदेश मन्त्रालयले सोमबार प्रकाशित अर्को विज्ञप्तिमा भनिएको छ, “सन् २०२२ डिसेम्बरको घटनादेखि नै मेक्सिको सरकारले पेरुको आन्तरिक मामिलामा अस्वीकार्य र व्यवस्थित हस्तक्षेप गर्दै आएको छ ।”

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९