आलेखः फूलखेतीमै रमाएका कृषकहरु

वालिङ (स्याङ्जा),  केही वर्ष अघिसम्म विशेषगरी तिहारमा प्रयोग हुने सयपत्री फूल तथा माला अन्यत्रबाट आउने गथ्र्यो । फूल तथा माला खरिद गर्दा हुने आर्थिक पलायन पछिल्ला वर्षहरुमा जिल्लाभित्रै रहने गरेको छ । ठूला–ठूला सभासमारोह, धार्मिक कार्यहरु, विवाहलगायतमा प्रयोग गर्नका लागि जिल्ला बाहिरबाट फूल तथा माला ल्याउनुपर्ने बाध्यता पछिल्ला वर्षहरुमा न्यूनीकरण हुँदै गइरहेको छ ।

 

 

पछिल्ला वर्षहरुमा जिल्लाभित्रका विभिन्न स्थानमा सयपत्री फूलको व्यावसायिक उत्पादन थालिएसँगै फूल तथा माला बिक्रीबाट जिल्लामा आर्थिक उपार्जन गर्ने कृषकहरुको सङ्ख्या बढ्दै गएको छ । छोटो अवधि एकै यामबाट राम्रो आम्दानी हुने र बजारमा माग अत्याधिक हुँदा बजारीकरणको समस्या नहुने भएकाले पनि पछिल्लो समय यहाँका कृषकहरु यतातिर आकर्षिक भएका हुन् ।

 

 

कालीगण्डकी गाउँपालिकाले यहाँका कृषकहरुलाई फूलखेतीको सम्भावनाका बारेमा जानकारी दिने र फूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित व्यावसायिकरुपमा फूलखेती गरेको थियो । पालिकाले थालेको फूलखेतीबाट उत्पादन तथा आम्दानी राम्रो भएपछि यहाँका कृषकहरु ह्वात्तै यसतर्फ आकर्षित भएका हुन् । अहिले गाउँपालिकाका कृषकले ठूलो परिमाणमा व्यावसायिक फूलखेती गरेका छन् ।

 

 

कृषकहरुले दसैँ तथा तिहारको अवधिमा मात्रै फूल तथा माला बिक्री गरेर लाखौँ आम्दानी गर्न सफल भएका छन् । गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलका अनुसार दसैँ, तिहारको अवधिमा सयपत्री फूलका थुङ्गा तथा माला बिक्री गरेर रु १६ लाख २० हजार आम्दानी गरेका हुन् ।

 

 

दसैँ तथा तिहारमा फूल तथा माला बिक्रीबाट राम्रो आम्दानी गरेका कृषकहरुका बारीमा अझै पनि टन्नै फूलहरु फुलिरहेका छन् । असारमा दुई चरणमा लगाएका फूलहरुको उत्पादन पनि दसैँ, तिहार लक्षित गरेर हुने गरेको छ । दोस्रो चरणमा लगाएका फूलहरुको उत्पादन मङ्सिरको अन्तिमसम्म लिन सकिने कृषि अधिकृत पौडेलले बताउनुभयो ।

 

 

कालीगण्डकीसहित जिल्लाभरका कृषकहरुले गत वर्षभन्दा यस वर्ष फूल बिक्रीबाट आम्दानी पनि वृद्धि गरेका हुन् । कालीगण्डकीका कृषकहरुले सयपत्री फूल बिक्रीबाट गतवर्ष मात्रै रु १५ लाख आम्दानी गरेका थिए । बारीमा अझै पनि फूल फुलिरहेकाले आम्दानी पनि स्वतः वृद्धि हुने कुषि अधिकृत पौडेल बताउनुहुन्छ ।

कालीगण्डकी गाउँपालिकाअन्तर्गत विभिन्न वडाका २२ जना कृषकले व्यावसायिकरुपमा सयपत्री फूलखेती गर्दै आएका छन् । बाइस जनाले ३० रोपनीभन्दा धेरै क्षेत्रफलमा सयपत्री फूलखेती गरेका हुन् । गाउँपालिकाले कृषकहरुलाई सयपत्री फूलखेतीतर्फ आकर्षित गर्नका लागि प्रोत्साहनस्वरुप फूलको बीउ तथा अनुदान रकम उपलब्ध गराएको थियो । गाउँपालिकाभित्रका सामुदायिक घरबास (होमस्टे) हरुमा पाहुनाहरुको स्वागत सत्कारका लागि प्रयोग गर्ने गरी फूल लगाउने अभियान अगाडि बढाइएको थियो ।

कालीगण्डकी गाउँपालिका–३ लसर्घा देउरालीका रेमनसिंह सोमैले तीन रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्नुभएको छ । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा उहाँले ‘कर्मा ५५५’ र कलकत्ते जातको सयपत्री फूल खेती गर्नुभएको हो । गतवर्ष परीक्षणको रुपमा लगाएको फूलखेतीबाट राम्रो आम्दानी भएपछि यस वर्ष थप विस्तार गरेर खेती गरेको उहाँले बताउनुभयो । “गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेको थिएँ” उहाँले भन्नुभयो, “बजारमा फूलको माग अत्याधिक भई खपत भएकाले यस वर्ष पनि थप विस्तार गरी फूलखेती गरेको हुँ ।”

गत वर्ष साढे दुई रोपनी क्षेत्रफलमा फूलखेती गर्नुभएका उहाँले यस वर्ष तीन रोपनी क्षेत्रफलमा झण्डै दुई हजार फूलका बेर्ना लगाउनुभएको हो । यहाँ उत्पादन भएको फूल गाउँपालिकाले बजारीकरणको व्यवस्थासमेत गरिदिएकाले बजारको कुनै समस्या नभएको हो । कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेशनलको साझेदारीमा फूलको न्यूनतम् मूल्य निर्धारण गरिएको हो । “यहाँ उत्पादन भएको फूल थोकमा प्रतिकेजी रु. तीन सय र फुटकरमा रु ३५० का दरले बिक्री गर्छौं”, उहाँले भन्नुभयो, “दुई चरणमा लगाएको फूलमध्ये पहिलो चरणअर्थात् असारमा लगाएको फूल बिक्री भइसकेको छ ।”

उत्पादन भएको फूल बुटवल, गुल्मीको रिडी तथा स्थानीय बजारहरुमा बिक्री भएको उहाँले बताउनुभयो । गत वर्ष फूलको मूल्य कम रहेकाले अपेक्षाअनुसार आम्दानी नभएको र यसपालि मूल्य राम्रो निर्धारण भएकाले पनि आम्दानीमा वृद्धि हुने विश्वास उहाँको छ । “गत वर्ष एकै याममा रु दुई लाख ५० हजार आम्दानी भएको थियो”, उहाँले भन्नुभयो, “यस वर्ष क्षेत्रफल, बेर्ना र मुल्य पनि बढेकाले आम्दानी पनि बढ्छ, करिब चार लाख आम्दानी हुने अपेक्षा गरेको छु ।” गत वर्ष माला बनाएर बिक्री गर्दा पनि अपेक्षाअनुसार आम्दानी गर्न नसकेकाले यसवर्ष मालाभन्दा पनि फूलका थुङ्गा बिक्रीमा जोड दिनुभएको छ ।

गाउँपालिका आफैँले व्यावसायिक रुपमा फूलखेती गरेको छ । व्यावसायिक फूलखेती गर्न चाहने कृषकहरुलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउनुका साथै बजारीकरणको समेत व्यवस्था गरिदिएकाले गाउँपालिका नै फूलमय बन्न पुगेको छ । यहाँबाट बर्सेनि लाखौँ मूल्यको फूल देशका विभिन्न सहरहरुमा पुग्ने गरेको छ । कालीगण्डकी–१ का व्यावसायिक कृषक हीरामणि सुवेदीले यसपालिको दसैँ, तिहारको अवधिमा होलसेलमा रु ३०० र फुटकरमा रु ४०० प्रतिकेजीका दरले फूलका थुङ्गा बिक्री गर्नुभयो । गत वर्षभन्दा यस वर्ष फूलको उत्पादन र मूल्य राम्रो पाईएकाले आम्दानी वृद्धि भएको उहाँले बताउनुभयो । उहाँले दसैँ, तिहारको अवधिमा मात्रै रु एक लाख ५० हजार आम्दानी गर्नुभयो ।

कालीगण्डकी–२ कि पुष्पा सिञ्जाली राना, वडा नं ५ का रविलाल गौडेल, वडा नं ६ का युवराज अधिकारी र वडा नं ७ का घनबहादुर थापाले दसैँ, तिहारको अवधिमा रु एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्नुभएको कृषि अधिकृत पौडेलले जानकारी दिनुभयो । गत असारमा शिक्षण पेशाबाट अवकास लिनुभएका स्याङ्जाको चापाकोट नगरपालिका–१ बेलडाँडाका तुल्सीराम भण्डारीले फुर्सदको समयलाई फूलखेतीमा लगाएर वर्सेनि मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

भण्डारीले महान् चाडहरु दसैँ, तिहार, छठ पर्वलगायतका धार्मिक कार्यहरुलाई लक्षित गरी दुई चरणमा फूलका बिरुवा रोप्नुभएको थियो । दसैँ, तिहारलाई लक्षित गरी तीन रोपनी क्षेत्रफलमा र मङ्सिरपछि उत्पादन हुने गरी थप दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेको उहाँले बताउनुभयो । “शिक्षण पेसामा रहँदै गर्दा पनि बिहान–बेलुकाको समयमा थोरै मात्रामा फूल खेती गरेको थिएँ”, उहाँले भन्नुभयो, “फूलखेतीबाट राम्रै आम्दानी हुने देखेपछि अहिले त झन पूरै समय फुर्सद भएकाले व्यावसायिकरुपमा फूल खेती थालेको हुँ ।”

बाँदरले अन्नबाली नष्ट गरिदिएपछि अन्नबालीको विकल्पका रुपमा सयपत्री फूलखेती थालेको उहाँले बताउनुभयो । अन्नबालीको विकल्पमा फूलखेतीको व्यावसायिक उत्पादन गर्नुभएका भण्डारीले माग अनुसार फूल पु¥याउन नसकेको बताउनुभयो । “सयपत्री फूल तथा मालाको माग अत्याधिक भएको छ”, उहाँले भन्नुभयो, “माग भएबमोजिम उपलब्ध गराउन सकिएको छैन ।”

यहाँ उत्पादन भएको फूल बुटवल, नारायगढ, बर्दघाट, पोखरालगायत स्थानीय बजारमा सजिलै बिक्री हुने गरेको छ । उहाँले ‘कर्मा ५५५ मेरीगोल्ड’ जातको फूल लगाउनुभएको हो । उहाँले गर्नुभएको व्यावसायिक फूलखेतीमा पत्नी सरस्वती भण्डारी, छोराहरु बासु र रामचन्द्रले पनि साथ दिनुभएको छ । यहाँ उत्पादन भएको फूलको बजारीकरणका लागि माग भई आएका ठाउँमा आफँै पु¥याउने वा गाडीमार्फत पठाइदिने काम छोराहरुले गर्दै आएका उहाँले बताउनुभयो ।

उहाँले फूलका थुङ्गा होलसेलमा प्रतिकेजी रु ३००, फुटकरमा प्रतिकेजी रु ४०० देखि रु ४५० र माला प्रतिगोटा रु ९० सम्म बिक्री गर्दै आउनुभएको छ । ग्राहकको मागका आधारमा माला वा फूलका थुङ्गा दुवै बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । अहिलेसम्म झण्डै रु छ लाखको फूल तथा माला बिक्री भइसकेको छ । तिहारपछि पनि बुटवल तथा स्थानीय बजारहरुबाट फूल तथा मालाको माग आइसकेको उहाँले बताउनुभयो । “असारमा लगाएको बेर्नाले दसैँदेखि उत्पादन दिन थालेको हो” उहाँले भन्नुभयो, “दोस्रो चरणमा लगाएको फूलको उत्पादन मङ्सिरसम्म लिन सकिन्छ ।”

गत वर्ष एकै याममा फूल तथा माला बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गर्नुभएका उहाँले यस वर्ष रु १० लाख बढी आम्दानी हुने बताउनुभयो । साठी वर्षीय भण्डारीले दसैँ, तिहारको अवधिमा मात्रै माला बिक्रीबाट रु दुई लाख ५६ हजार १६० आम्दानी गर्नुभयो । फूलका थुङ्गा बिक्रीबाट रु चार लाख सात हजार ५० आम्दानी गर्नुभएको हो । उहाँले सयपत्री फूलका बिरुवा÷बेर्ना बिक्रीबाट पनि रु ५३ हजार आम्दानी भएको जानकारी दिनुभयो । बजारको माग र उत्पादन पनि सोही अनुसार हुँदा यसपालि राम्रो आम्दानी भएको उहाँ बताउनुहुन्छ । भण्डारीले विगत चार वर्षदेखि फूलखेती गर्दै आउनुभएको छ ।

शिक्षकका रुपमा गाउँकै विद्यालयमा कार्यरत रहँदा नै फुर्सदको समयमा व्यावसायिक बन्दै आत्मनिर्भर बन्ने प्रयास गर्नुभएका भण्डारीले गाउँमै तीन रोपनी जग्गामा फूलखेती गर्नुभएको हो । बाँझो जमिनको सदुपयोग गर्दै आगामी दिनमा फूलखेतीका लागि थप क्षेत्रफल बढाउने योजनामा उहाँ हुनुहुन्छ ।

वालिङ–१४ भङ्गेनीका युवा कृषक प्रकाश डुम्रेले पनि विगत आठ वर्षदेखि व्यावसायिक रुपमा फूलखेती गर्दै आउनुभएको छ । उहाँले वालिङ बजार नजिकै तीन रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा सयपत्री फूलखेती गर्दै आउनुभएको छ । दसैँ, तिहारजस्ता चाडपर्व लक्षित बिवाह, ब्रतबन्धजस्ता धार्मिक, सांस्कृतिक तथा विशेष मेला महोत्सवहरुमा उहाँले फूल तथा माला बिक्री गर्दै आउनुभएको छ । फूलका थुङ्गा प्रतिकेजी रु ३५० देखि ४०० र प्रतिमाला रु १२० का दरले बिक्री गर्नुभएका डुम्रेले बर्सेनि राम्रो कमाइ गर्दै आउनुभएको छ ।

स्थानीय व्यापारी तथा व्यक्तिहरुले पनि फोन सम्पर्क गरी माला तथा फूलको माग गर्ने भएकाले बिक्रीका लागि बजारको समस्या नभएको उहाँ बताउनुहुन्छ । गत आर्थिक वर्ष २०७५÷७६ मा वालिङ नगरपालिकाबाट रु एक लाख अनुदानसमेत उहाँले प्राप्त गर्नुभएको थियो । नगद अनुदानभन्दा पनि गुणस्तरीय बीउबिजन तथा उपकरणहरु दिएमा आफूजस्ता किसानलाई थप प्रोत्साहन मिल्ने उहाँको भनाई छ । जिल्लामा फूल उत्पादनको परिणामका बारेमा कृषि ज्ञान केन्द्रमा यकिन तथ्याङ्क छैन । फूल उत्पादन गर्ने व्यवसायीहरुको समूह बनाउने तयारीमा कृषि ज्ञान केन्द्र रहेकाले अबका दिनमा मात्रै जिल्लामा फूलको उत्पादन, आयात, निर्यात तथा कारोबारका बारेमा विवरण आउने कार्यालयका सूचना अधिकारी विकास विकले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु),  यहाँको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९