काठमाडौँ, नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई ताकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । विसं २०५९ मा सेवा प्रवेश गर्नुभएका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण विभागलगायतको जिम्मेवारी सम्हालिसक्नुभएको छ । हाल उहाँ मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहनुभएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।































































































































































