धार्मिक पर्यटकीय गन्तव्य बन्दै सुर्खेतको गंगामाला देउतीबज्यै मन्दिर

सुर्खेत,  विरेन्द्रनगरस्थित गंगामाला देउतीबज्यै (देवी)को मन्दिर धार्मिक आस्थाको केन्द्रसँगै धार्मिक पर्यटकीय गन्तव्यका रूपक विकास भएको छ ।सुर्खेत पुुग्ने पर्यटकले नछुटाउने गन्तव्यका रूपक चासो र चर्चा कमाइरहेको यो मन्दिर कर्णाली प्रदेशभित्रका महत्वपूर्ण तीर्थस्थलमध्येमा पर्दछ ।देउती बज्यै (देवी)को मन्दिर निकै चर्चित र पुरानो मन्दिरका रूपक रहेको पुजारी अनिशा राजीले जानकारी दिनुुभयो । मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको उहाँले बताउनुुभयो ।

यस मन्दिरको उत्पत्तिका सम्बन्धमा रोचक किंवदन्ती रहेको छ । एक जना राजी र बालिकासँग सम्बन्धित किंवदन्ती बढी रूपक प्रचलित छ । किंवदन्तीअनुुसार प्राचीन कालमा यस क्षेत्रमा राजी (जात ) परिवारका मानिस बस्ने गर्दथे । उनीहरूको मुख्य पेशा तथा व्यवसाय माछा मार्ने थियो । एक जना राजीले मन्दिरको पूर्वदक्षिणस्थित भेरी नदीमा एउटी बालिका नदीमा बग्दै आएको देखेछन् । राजीले उनलाई घरमा ल्याई पालनपोषण गरेछन् । उनको नाम गंगामाला राखिएछ । पछि कन्याको उमेर बढ्दै गएपछि विवाहको तयारी गरिएछ । विाहका लागि बर खोजेर विवाहमण्डपमा ल्याउने भन्दा एकाएक ती गंगामाला  हराइछन् । पछि आकाशवाणी भएछ । तिनै गंगामालाले ‘म देउती बज्यै (देवी) हुँ, मलाई  कुनै दुःख पर्दा सम्झनू । मेरो वाहन सिंहलाई पशुवलि दिनुु । ’ भनिछन् र सो स्थानमा गंगामाला भगवतीको मन्दिर बनाई ‘देउती बज्यै’ का रूपक मूर्ति राखी पूजाआजा गरिदै आइएको छ । मन्दिरका सम्बन्धमा अन्य विभिन्न किंवदन्ती पनि पाइन्छ । मन्दिरमा राजी परिवारबाट नियमित पूजाआजा हुँदै आएको छ ।

मनले चिताएको पुुग्ने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेको मन्दिरका पूजारी अनिशा राजीले जानकारी दिनुुभयो । उहाँका अनुसार हाल मन्दिरमा पाँचवटा राजी परिवारका सदस्यले पालो लगाएर पूूजाआजा गर्दै आएका छन् ।

देउती बज्यै मन्दिर व्यवस्थापन समितिका कर्मचारी सर्वराज विसीका अनुुसार मन्दिर परिसरमा मूल देउती बज्यैको मन्दिरसहित गणेश, शिव, दुर्गाको मन्दिर आदि रहेका छन् ।तीन सय वर्षभन्दा पुरानो अनुमान गरिने यस मन्दिर परिसर कुल १० कठ्ठा क्षेत्रमा फैलिएको उहाँले जानकारी दिनुुभयो ।

मन्दिर व्यवस्थापन समितिको अध्यक्ष स्थानीय तहका प्रमुख हुने प्रचलन रहेको छ । साविक लाटिकोइली गाविसमा रहेको यस मन्दिर अहिले बिरेन्द्रनगर नगरपालिका नं १० मा पर्ने र यहाँको अध्यक्ष नगरपालिकाका प्रमुख रहनुुभएको विसीले जानकारी दिनुुभयो ।नगरपालिकाले यहाँका विभिन्न पूर्वाधार विकासका लागि सहयोग गरेको उहाँले जानकारी दिनुुभयो ।

सामान्य पूजासहित बली पूजा हुने यस मन्दिरमा आइतबार, एकादशी, औँशी, साउन महिना र सोह्र श्राद्धका समयमा बाहेक अन्य समयमा बली पूजा हुने गर्दछ । मन्दिरमा बलि पूजाका लागि एउटा बली दिए वापत समितिमा एक सय रुपैयाँको रसिद शुल्क बुुझाउनुुपर्ने व्यवस्था गरिएको छ ।त्यस्तै मोटरसाइकल पूजा गरेको दुुई सय रुपैयाँ, सानो गाडी पूजा गरेको रु ५०० तथा ठूला गाडी पूजा गरेको एक हजार रुपैयाँ शुल्क बुुझाउनुु पर्ने व्यवस्था गरिएको छ ।

राजी समूदायका पाँच परिवारले पालै पालो यहाँको पूजा गर्ने गरेको बताउँदै विसीले पालो पर्दाको दिनमा जम्मा भएको दान तथा सहयोगमध्ये अक्षतालगायत पूजा खर्च कटाएर ५०÷५० प्रतिशत पूजारी तथा समितिमा भाग लगाउने प्रचलन रहेको जानकारी दिनुुभयो ।

समितिले मन्दिरको व्यवस्थापनका लागि तीन जना कर्मचारी राखेको उहाँले जानकारी दिनुुभयो । मन्दिरमा देशका विभिन्न भागबाट विभिन्न भाकलका साथ दर्शनार्थी आउने पुजारी परिवारका अर्का सदस्य नानुमाया राजी बताउनुुहुन्छ । विशेष चाडपर्व र तिथिमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गरेको उहाँले बताउनुुभयो ।

विभिन्न रोजगारी प्राप्तीसहित मनले चिताएको कुरा पुग्ने विश्साका कारण मन्दिर प्रतिको धार्मिक आस्था झन् झन् बढीरहेको उहाँले जानकारी दिनुुभयो ।देशका विभिन्न भागबाट सुर्खेत घुम्न आउने भ्रमण टोलीले पनि नछुटाउने गन्तव्यका रूपक देउती बज्यै देवीको मन्दिर पर्ने गरेको उहाँको भनाइ छ ।

हालै पर्यटकीय राजधानी पोखराको लेखनाथ क्षेत्रका होटल तथा रेष्टुरेन्ट एशोसिएसनमा आवद्ध व्यवसायी एवम् पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिले देउती बज्यै देवी मन्दिरको स्थलगत अवलोकन भ्रमण गरेको एशोसिएसनका सल्लाहकार एवम् पोखरा भ्रमण वर्ष २०२५ का कार्यसम्पादन समितिका सह संयोजक दामोदरभक्त थापाले जानकारी दिनुुभयो ।

एशोसिएसनको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा ३७ सदस्यीय टोलीले ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रमका साथ देउती बज्यै देवी मन्दिरसहित यहाँका धार्मिक, ऐतिहासिक एवम् प्राकृतिक पर्यटकीयस्थलको प्रवद्र्धनात्मक भ्रमण एवम् पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग अन्तरक्रिया गरिएको उहाँले बताउनुुभयो ।“धार्मिक महत्वका यस्ता मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्नुु आवश्यक छ”, उहाँले भन्नुुभयो, “हाम्रा यस्ता धार्मिक महत्वका स्थललाई संरक्षण एवम् प्रवद्र्धन गरी धार्मिक पर्यटकीय गन्तव्यका रूपक विकास गर्न सकिन्छ ।” राष्ट्रिय समाचार समिति(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९