फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता

लिलोन (फिलिपिन्स), मध्य फिलिपिन्समा आएको विनाशकारी टाइफुन ‘कलमेगी’ ले कम्तीमा १४० जनाको ज्यान लिएको छ भने १२७ जना अझै बेपत्ता रहेको पुष्टि गरिएको छ । देशका विभिन्न भागमा आएको अभूतपूर्व बाढी र भूस्खलनका कारण ठूलो जनधनको क्षति भएको छ । यसैबीच, यो आँधी हाल भियतनामतर्फ अगाडि बढिरहेको छ ।

विपद् डेटाबेस इएम–डाटका अनुसार कलमेगी सन् २०२५ को अहिलेसम्मको सबैभन्दा घातक टाइफुन बनेको छ । गत वर्ष फिलिपिन्समै आएको ट्रामी तेस्रो सबैभन्दा घातक टाइफुन थियो, जसले १९१ जनाको ज्यान लिएको थियो ।यसपटक, सेबु प्रान्तका सहरहरूमा आएको अभूतपूर्व बाढीले नदी किनारका झुपडीदेखि सवारीसाधन र ठूला ढुवानी कन्टेनरहरूसम्म बगाएको छ । बाढीका कारण जनजीवन पूर्णरूपमा अस्तव्यस्त बनेको छ ।राष्ट्रिय नागरिक सुरक्षा कार्यालयका अनुसार बिहीबारसम्म ११४ जनाको मृत्यु पुष्टि गरिएको थियो, तर सेबु प्रान्तका अधिकारीहरूले थप २८ जनाको मृत्यु दर्ता गरेपछि कुल सङ्ख्या १४० पुगेको छ ।

सेबु सहर नजिकैको लिलोन सहरमा मात्र ३५ वटा शव प्राप्त भएको छ । एएफपीका प्रत्यक्षदर्शी पत्रकारहरूले बाढीले कारहरू एक–अर्काको माथि थुप्रिएको, घरका छत भत्किएका र बासिन्दाहरूले माटो र भग्नावशेषबाट आफ्ना प्रियजनलाई खोज्ने हतास प्रयास गरिरहेको दृश्य देखेका छन् ।

स्थानीय बासिन्दा क्रिस्टिन एटोनले आफ्नी अपाङ्ग बहिनी मिशेललाई बाढीको पानीले बगाउँदा बचाउन नसकेको दुःखद अनुभव सुनाउनुभयो । “हामीले ढोका फुटाउन भान्साको चक्कु र क्रोबार प्रयोग गर्‍यौँ तर त्यसले काम गरेन । फ्रिज बग्न थाल्यो । म र मेरा बुबा तैरेर बाहिर निस्क्यौँ तर मेरी बहिनी फँसिन्”, आँखा रसाउँदै उहाँले भन्नुभयो, “बुबाले भन्नुभयो, ‘यदि हामी फर्क्यौं भने हामी सबै मर्छौं ।’”

अर्का बासिन्दा, दुई सन्तानका पिता चिरोस रोआले भन्नुभयो, “हाम्रो कुकुरको भोको आवाजले हामीलाई बचायो । पानी घरमा पस्दा हामी छतमा पुगेका थियौँ । तर उद्धारका लागि बोलाउँदा कोही पनि आएनन्—हामीले सुनेका थियौँ, केही उद्धारकर्ताहरू करेन्टमा परेका रहेछन् ।”राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गर्दै राहतका लागि सरकारी कोष खोल्ने तथा आवश्यक सामग्रीहरूको मूल्यमा सीमा तोक्ने आदेश दिनुभएको छ ।

राज्य मौसम विज्ञ बेनिसन एस्टारेजाले भन्नुभयो, “कलमेगीले सेबुमा सामान्यतया नोभेम्बर महिनामा पर्ने वर्षाको भन्दा १.५ गुणा बढी पानी पर्‍यो । यस्तो घटना करिब ‘हरेक २० वर्षमा एकपटक’ मात्र देखिन्छ ।” उहाँका अनुसार सेबुको अत्यधिक सहरीकरणले बाढीको क्षति अझै भयावह बनाएको हो ।

स्थानीय व्यापारी रेनाल्डो भर्गारा भन्नुहुन्छ, “बिहान ४–५ बजेतिर पानीको बहाव यति शक्तिशाली थियो कि बाहिर निस्कनै सकिँदैनथ्यो । मैले यस्तो दृश्य जीवनमा कहिल्यै देखेको थिइनँ ।” उहाँको पसल पूर्ण रूपमा नष्ट भएको छ ।प्रान्तीय गभर्नर पामेला बारिकुएट्रोले एक रेडियो अन्तर्वार्तामा अवस्थालाई ‘अभूतपूर्व’ भन्दै जनतालाई उच्च सतर्क रहन आग्रह गर्नुभयो ।

वैज्ञानिकहरूका अनुसार मानवसिर्जित जलवायु परिवर्तनका कारण हालका टाइफुनहरू अझ शक्तिशाली र विनाशकारी बन्दै गएका छन् । तातो महासागरहरूले आँधीलाई द्रुत रूपमा बलियो बनाउँछन् र तातो वायुमण्डलले बढी आद्र्रता राख्ने भएकाले वर्षा असामान्य रूपमा तीव्र हुन्छ ।यता, कलमेगी बिहीबार साँझसम्म भियतनामतर्फ बढ्दै गएको छ । टाइफुनको हावाको गति बढ्दै गएको र यसले मध्य भियतनाममा आठ मिटर अग्लो छाल र शक्तिशाली वर्षा ल्याउने अनुमान गरिएको छ ।

भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हाले स्थानीय प्रशासनलाई कलमेगीलाई ‘तत्काल र खतरनाक आपत’ का रूपमा लिँदै पूर्वतयारीका सम्पूर्ण कदम चाल्न निर्देशन दिनुभयो । तटीय क्षेत्रका हजारौँ बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिइएको छ ।

सामान्यतया हरेक वर्ष १० वटा टाइफुन वा उष्णकटिबन्धीय आँधीबेहरीले भियतनाममा प्रत्यक्ष वा अप्रत्यक्ष असर गर्छन्, तर कलमेगी सन् २०२५ को १३औँ टाइफुन हो ।फिलिपिन्समा यस वर्ष मात्रै २० वटा आँधीबेहरी आइसकेका छन् । राज्य मौसम विज्ञ चार्मेन वारिलाका अनुसार डिसेम्बरको अन्त्यसम्म ‘कम्तीमा तीनदेखि पाँच थप आँधीबेहरी’ आउन सक्ने सम्भावना छ ।

त्यस्तै, देशको पूर्वी भागमा अझै ट्रपिकल स्टोर्म ‘फङ–वोङ’ सक्रिय छ । यसले मुख्य टापु लुजोनतर्फ अघि बढ्दै शक्तिशाली सुपर टाइफुनमा रूपान्तरण हुने चेतावनी दिइएको छ । फिलिपिन्स सरकारले राहत, उद्धार र पुनःस्थापनाका कार्यलाई तीव्र पार्दै देशव्यापी सतर्कता आदेश जारी गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९