स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अस्वीकार्य

राजधानीको बानेश्वरस्थित एक घरमा शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाद्वारा जुन किसिमको दुर्व्यवहार भयो, त्यो अमर्यादित तथा अभद्र मात्र होइन, दण्डनीयसमेत छ ।

विवेक हुँदैन भनिने भीडभित्रै पनि व्यक्ति–व्यक्तिमा विवेक खोजिन्छ । एउटाले बाटो बिराउँदा ‘यसो गर्नु हुँदैन’ भन्ने अर्को कोही हाजिर हुन्छ । तर स्वास्थ्यकर्मीहरूविरुद्ध ओर्लिएको उक्त समूह कुनै भीड थिएन । न उनीहरू आपसमा अपरिचित थिए, न त असंगठित । उनीहरू त्यहीँको टोल विकास समितिका पदाधिकारी थिए, जो हूल बाँधेर चिकित्सक र स्वास्थ्यकर्मीहरू ‘आइसोलेसन’ मा बसिरहेको होस्टल घेराउ गर्न पुगेका थिए । मान्छे हुनुको सम्पूर्ण कर्तव्य बिर्सेर उनीहरू अहिलेको विषम परिस्थितिमा जनताको उपचारमा खटिरहेका स्वास्थ्यकर्मीहरूलाई आफ्नो टोलबाट निकाल्न चाहन्थे । यस्तो अमानवीय र असंवेदनशील क्रियाकलापमा संलग्न हुनेहरूलाई प्रशासनले आवश्यक अनुसन्धान गरी अविलम्ब कारबाही गर्नुपर्छ ।
बानेश्वरमा मात्र होइन, देशभरि स्वास्थ्यकर्मीमाथि दुर्व्यवहारका घटना एउटा प्रवृत्तिजस्तै गरी देखिन थालेको छ । चाहे चितवनमा एक चिकित्सकको घरमा ‘कोरोना संक्रमित’ लेखिएको ब्यानर टाँग्न खोजिएको मामिला होस् या मुलुकका अन्य कैयौं स्थानमा स्वास्थ्यकर्मीमाथि भएका अपमानका घटनाहरू, यी सबै हाम्रो समाजको शिर निहुर्‍याउने किसिमका छन् । यतिखेर चिकित्सा सेवाप्रति विश्वभरि नै आम विश्वास तथा भरोसा केन्द्रित भएको छ । तर यही बेला चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निरुत्साहित तुल्याउने गरी यस्ता घटना हुनु आफैंमा अप्रिय र दुःखद छ ।

हालैको घटनाक्रमले के पनि देखाइरहेको छ भने, कोभिड–१९ संक्रमणको फैलावट शैलीबारे समाजमा पर्याप्त चेतना छैन । अहिलेसम्म उपलब्ध तथ्यअनुसार एउटै घरमा पनि दुई मिटरको व्यक्तिगत दूरी कायम गर्ने, एकअर्काले मास्क लगाउने र एउटै शौचालय र भाँडाकुँडा प्रयोग नगर्ने हो भने संक्रमण सर्दैन । तर यहाँ त मानिसहरूले टोलको कुनै छुट्टै घरमा बस्दा या एउटै बाटो प्रयोग गर्दा पनि संक्रमण फैलिन्छजस्तो गरिरहेका छन् । कुनै घरमा संक्रमित, शंकास्पद संक्रमित वा स्वास्थ्यकर्मी बस्दा त्यहाँको सिंगो वायुमण्डल दूषित हुन्छजस्तो व्यवहार देखाइरहेका छन् । यो भ्रमको पाटोलाई सरकारी निकायले चिर्नुपर्छ । कोही स्वास्थ्यकर्मी कुनै घरमा बस्दैमा संक्रमण स्वतः फैलिने होइन भनेर बुझाउनुपर्छ । र, नागरिक आफैंले जानीजानी असंवेनदशीलता प्रदर्शन गर्नु हुँदैन ।

जोखिममा रहेर काम गरिरहेका हुन् या आफैं संक्रमित भएर प्रकोपसँग जुधिरहेकाहरू, सबैप्रति जोकोहीले समानुभूति राख्न सक्नुपर्छ । कम्तीमा सहानुभूतिसम्म पनि राख्न सकेनौं भने हामीभित्र मानवीय भावना छ कि छैन भन्ने प्रश्न उठ्नेछ । चिकित्सक, स्वास्थ्यकर्मी र अन्य संक्रमितप्रति यो बेला कुनै पनि सामाजिक अपहेलना स्वीकार्य छैन । पहिलो लहरमा उभिएर प्रकोप नियन्त्रणमा लागिरहेको जमातलाई घृणा गर्नु भनेको आफैंमा अतिवाद हो । यस्तो आत्मघाती व्यवहार महामारी र यसको प्रकृतिलाई नबुझ्नुको परिणाम मात्र होइन, अज्ञानताको पराकाष्ठा र विवेकहीनताको उत्कर्षसमेत हो । दण्डहीनता कायम रहेमा यो क्रम अझ बढ्न सक्नेछ । सिंगै समाजको चित्र यही नभए पनि भोलि केही घटनाले नै परिस्थिति बिगार्न सक्छन्, यो पक्षमा सम्बन्धित सबैले विचार पुर्‍याउनुपर्छ ।

हामी सबैले सोच्नुपर्छ— सम्मान र हौसला प्रकट गरेर मनोबल उच्च बनाउनुपर्ने स्वास्थ्यर्मीहरूलाई यसरी अपमानित गर्दा उनीहरूको मनोविज्ञानमा कस्तो असर पर्ला रु प्रकारान्तरमा यसले जनस्वास्थ्यमै कस्तो प्रभाव पुर्‍याउला रु किनभने, संक्रमण बढ्दो छ, कतिपय समुदायमा यो बिस्तारै घुस्दै छ । सरकारी अकर्मण्यता यस्तै रहिरहे तत्काल यो नियन्त्रणमा आउने छाँट देखिँदैन । यस्तो अवस्थामा संक्रमितको संख्यासँगै गम्भीर बिरामी पनि त्यहीअनुसार बढ्नेछन् । चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा अझ बढी चाहिनेछ । र, आज जसले टोलछिमेकमा स्वास्थ्यकर्मीलाई हिँड्न–बस्न वर्जित गर्न चाहिरहेका छन्, उनीहरू पनि भोलि संक्रमणको मारमा नपर्लान् भन्ने छैन । त्यतिबेला तिनीहरूको उपचारमा खटिने पनि यिनै स्वास्थ्यकर्मी हुन् । तसर्थ, चिकित्सकले बचाइरहेको हरेक जिन्दगी आफू वा आफन्त जत्तिकै हो भनेर बुझ्न सबैले सक्नुपर्छ । उच्च मनोबल र सेवाभावले काम गर्नुपर्ने चिकित्सकहरूलाई कसैले पनि उल्टै अपमान गरी तनाव दिनु हुँदैन । आफू मात्रै जोगिऔं भन्नु संकीर्णताको हद नाघ्नु हो, यसले कुनै दिन आफैंलाई पनि जोगिन दिँदैन । त्यही भएर, अहिलेसम्म भएका घटनाका दोषीहरूमाथि आवश्यक कारबाही गरिनुपर्छ, ताकि अरूले फेरि यही हर्कत दोहोर्‍याउने धृष्टता गर्न नसकून् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

दाङ,  तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन् ।तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरमा अवस्थित सो उद्यान अवलोकन गर्न आउने बाह्य तथा आन्तरिक पर्यटकले राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोग...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ३१ पैसा र...

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

नेकपाको नेतृत्वमा कर्णाली सरकार गठन हुने

कर्णाली,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच अर्को सत्ता समीकरणका लागि शनिबार राष्ट्रिय सहमति भएसँगै कर्णालीमा नेकपाको नेतृत्वमा सरकार गठन हुने भएको छ ।एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा शनिबार हस्ताक्षरित राष्ट्रिय सहमतिले यसअघि गरिएको...

सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम,  कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आइतबार राति करिब ९ः१० बजेतिर कैलारी गाउँपालिका–५ जबदहवा निवासी २९ वर्षीय हेमन्त चौधरीलाई आफ्नै खेतबारीमा काम गरिरहेका बेला सर्पले टोकेको थियो ।   सर्पदंशपछि उपचारका लागि उहाँलाई राति नै...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता

शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता ...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९