विश्व साक्षरता दिवस एकफेर यसो परिकल्पना गरौं, यदि हामीले अक्षर कोर्न नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो होला अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन । आधूनिक विश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि विश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने स्पष्ट तथ्य अध्यनहरुले देखाउँदछ । हाम्रा छेउछाउमा वसोवास गरिरहेका हरेक उमेरसमुहका कोही न कोही असाक्षर सजिलै भेटिन्छन् ।
सामान्य अक्षर चिनेर लेखपढ गर्न र अङ्कहरु अनि सामान्य हिसाब बुझ्न पाउनु सबैको मौलिक अधिकार हो तथापि यी कुराहरु कागजका पानाहरुबाट बाहिर आएर वास्तविक जीवनशैलीमा साकार भएर आउन जरुरी छ ।
साक्षरताको ग्लोवल मनिटरिग रिपोर्टका अनुसार संसारका प्रत्येक ५ मध्ये एकजना पुरुष र दुई तिहाई महिलाहरु अझैपनि असाक्षर छन र अझ्झ धेरैको अत्यन्त न्यूनस्तरको साक्षरता सीपहरु छन् । धेरै जना बालबालिकाहरु अझैपनि विधालय जान पाउँदैनन र पाउनेहरु पनि दैनिक विधालय जान सक्दैनन, पश्चिमी र दक्षिणी एसीया लगायतका देशहरु साक्षरता दरमा अझै कमजोर देखिन्छन ।
सेप्टेम्बर ८, अर्थात विश्व साक्षरता दिवस । सन १९६५ मा यूनेस्कोले हरेक वर्षको सेप्टेम्बर ८ लाई विश्व साक्षरता दिवसको रुपमा मनाउने घोषणा गरेको हो। विश्वभरिका विधालय, समूदाय र संस्थाहरुले साक्षरताकालागि जनजागरण फैलाउन यो दिवस विभिन्न तरिकाले स्वस्फूर्त रुपमा मनाउने गर्दछन् । सबैजना साक्षर हुनु सबैजनाको दायित्व हो, नेपालको परिपेक्ष्यमा डिजीटल यूग अनि त्यसको उपयोगीताको प्रयोग गरेर डिजीटल शिक्षा अनि साक्षरताकालागि जनजागरण अझै अपुग्दग्दो छ । हातहातमा भएका मोबाईल अनि घरघरका ईन्टरनेटहरु शिक्षा र साक्षरता भन्दा पनि नचाहिंदा सञ्चार अनि समय व्यति तगर्ने फजुल माध्यम मात्र बन्न हुँदैन ।लेखिने अक्षरहरु र अकंहरुको महत्व एकदमै धेरै र अतुलनिय छ, विकसित समाजको परिकल्पना यी अक्षर र अङ्क हरुसँग सबैजना मानवको परिचय नगराइकन संभव पक्कै पनि छैन । साक्षरताले मानवको परिचय र उस्को संस्कारलाई अझै बृद्धी गर्दछ । अक्षर र अङ्कको महत्व अनि शिक्षाको उज्यालो मानवकालागि एकदमै जरुरी छ, आज यदि हामीमा अक्षरको ज्ञान नभएको भए लेख्नेले लेख्न र पढ्नले पढ्न नसक्ने भए यो साक्षरता दिवसको पृष्ठभूमी अनमोल अनलाईन टेलिभिजन न त लेखिने थियो न पढिने थियो, अक्षरले भावना र जानकारी दर्शाउँदछ र अङ्कले तथ्य अनि सम्बन्ध दर्शाउदछ ।
नेपालमा पौढ शिक्षालगायतका कार्यक्रमहरुलाई पनि निरन्तरता दिन जरुरी छ किनभने चाहे बालक होस या बृद्ध, शिक्षा सबैलाई जरुरी छ ।
खरिपाटी अनि धुलोपाटीमा अक्षर कोरेर अक्षर उक्काउन जानेका देखि कालो पाटी अनि स्लेटसम्म प्रयोग गरेका पुस्ताहरु, भित्तामा झुण्ड्याएका चार्टमा कबाट कछुवा पढेका देखि कमप्यूटरमा अक्षर चिनेका पुस्तासम्म नेपाली समाजले देखेको छ तर फेरि पढ्न नजानेका अनि विधालय जानसम्म धौ धौ पुस्ताहरु लगायत अक्षरनै नचिन्ने अनि औंठाछाप लगाउनपर्ने ब्यक्तिहरुपनि यहि समाजमा छौं ।
उनिहरुलाई हामीले आफ्नो तर्फबाट के गरि साक्षरसम्म बनाउन सक्दछौं चाहे अक्षरमालाका पुस्तकहरु पढाएर या निस्शुल्क दैनिक पढाइदिएर वा पढ्ने वातावरण श्रृजना गरेर स्कूलसम्म उनिहरुलाई पुर्याइदिएर नै हुनसक्छ, सबैलाई साक्षर बनाउनु सबैको दायित्व हो ।साक्षरता प्रति सबैको दायित्व बोध होस् धनं शिक्षा सर्वप्रधानमू ।