आलेखः प्रकृति, संस्कृति र साहसिक पर्यटनको पर्याय मुदी गाउँ

मुदी गाउँ (म्याग्दी),  आँखैअगाडि चाँदीजस्तै टलक्क टल्केका गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा छपक्क छापिएका परम्परागत शैलीका ढुङ्गे घरहरू । गाउँले परिवेश, आत्मीयपन भएका स्थानीयवासी । यस्तैयस्तै विशेषताले भरिएको छ म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित मुदीगाउँ ।

 

मगर समुदायको बाहुल्यता रहेको गाउँ वरपर रहेका हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क ढुङ्गाले छापिएका चोक र बाटाहरू । घरघरमा कर्नासेमा भुन्ड्याइएका मकैको झुत्ताले वास्तविक गाउँले जीवन र परिवेशको अनुभूति गराएका छन् ।

 

 

विश्वकै सातौँ अग्लो उचाइको धवलागिरि हिमाल आरोहणमा जाने गाउँहरूमध्येको ठूलो तथा आकर्षक गाउँ पनि हो मुदी । हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण जीवनशैलीको अनुपम गन्तव्य यो प्रकृति र संस्कृतिसँगै साहसिक पर्यटकका लागि रोजाइमा पर्ने भए पनि प्रवर्द्धनको अभावमा अmझै पनि ओझेलमा नै परेको वडाध्यक्ष यामबहादुर घर्ती बताउनुहुन्छ ।

 

 

समुद्री सतहबाट आठ हजार १६७ मिटर उचाइमा रहेको धवलागिरि हिमालसँग समेटिएको यो गाउँ प्रचारप्रसारको कमीका कारण ओझेलमा परिहेको वास्तविकतामा यहाँको पर्यटन पूर्वाधार निर्माण र विस्तारसँगै प्रवर्द्धनमा आफूहरू सक्रियताका साथ लागिरहेको उहाँले बताउनुुभयो । पछिल्ला समयमा मुदीको पर्यटन प्रवर्द्धनसँगै यहाँको पर्यटकीय पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।

 

 

मुदी गाउँभित्रका गल्लीहरूमा सरसफाइ, ढल व्यवस्थापन र ढुङ्गा बिछ्याएर चिटिक्क सजाइएको छ भने गाउँ र हिमाल अवलोकनका लागि वडा कार्यालय परिसरको डाँडामा दृश्यावलोकन (भ्यूप्वइन्ट) स्थल बनाइएको छ । भ्यूप्वाइन्ट वरपरको पदमार्गमा रेलिङ राखिएको छ । करिब ३० मिनेट पैदलयात्रा गरेपछि पुगिने थलडाँडाबाट हिमालका साथै आसपासका छिमेकी बस्तीहरू, नागबेली परेर बगेको म्याग्दी, गुर्जा र दरखोला र पहाडी भूगोलको मनमोहक दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।

 

 

समुद्री सतहदेखि दुई हजार ५०० मिटरमा अवस्थित यहाँका अधिकांश घर परम्परागत ढुङ्गे शैलीमा बनाइएका छन् । मुदीका करिब २५० मध्ये २० घरपरिवार दलित र तीन परिवार गुरुङका छन् । मगर समुदायको सांस्कृतिक पहिचान पुख्र्यौली, मादले, मारुनी नाच, यानीमाया, सालैजो गीतले पाहुनालाई स्वागत गर्ने यहाँको मौलिक परम्परा हो । धवलागिरि हिमालको आरोहण भएको ६६औँ वर्ष पुग्दा पनि यसको काखमा रहेको मुदी पर्यटकीय रूपमा अपेक्षित उपयोग हुन नसकेको स्थानीयको दुःखेसो छ ।
सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक यस हिमालको सफल आरोहण गर्नुभएको थियो । त्यस क्रममा उहाँसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्ज र नवाङ दोर्ज पहिलोपटक धवलागिरिकोे चुचुरोमा पुग्नुुभएको थियो । पर्यटन विभागका अनुसार ६६ वर्षको यस अवधिमा यो हिमाल ७३३ जनाले आरोहण गरिसक्नुभएको छ ।

 

 

भौगोलिक अवस्थितिलगायतका कारण यो हिमालको आरोहणलाई कठिन मानिने नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा बताउनुहुन्छ । क्षणक्षणमा बदलिरहने मौसमसँगै भौगोलिक अवस्थिति नै आरोहण कठिन हुनुको प्रमुख कारण रहेको उहाँको भनाइ छ । धवलागिरि आरोहण भएको दिन मे १३ मा प्रत्येक वर्ष धवलागिरि आरोहण दिवस मनाउँदै आइए पनि हिमालको काखमा रहेको मुदीगाउँमा भने गत मे १३ मा पहिलोपटक संस्थागत रूपमा धवलागिरि आरोहण दिवस मनाइएको छ ।

 

 

हिमालको फेदीमा रहेको मुदीगाउँमा गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहयोग तथा धवलागिरि गाउँपालिकाको समन्वय एवं टे«ेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा ६६औँ आरोहण दिवस मनाइएको हो । उक्त क्रममा छोटिएको पदमार्ग, जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको असर र विकल्पको खोजीमा सरोकारवालाहरूबीच बहस एवं छलफलसमेत गरिएको टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले जानकारी दिनुुभयो ।

 

 

मुदीगाउँ जति सुन्दर छ यहाँ पाइने विभिन्न वनस्पति, चराचुरुङ्गीले पनि यहाँको महिमा र गरिमा अझै बढाएका छन् । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनका क्रममा मुदी र दरमा चिरकालिजको बासस्थान रहेको भेटिएको हो । अध्ययनमा सहभागी विराट रजकका अनुसार एक वर्षअघि भएको अध्ययनका क्रममा मुदीमा तीन र दरमा सात जोडी चिरकालिज भेटिएका थिए । यहाँको लेकमा विभिन्न प्रजातिका बहुमूल्य जडीबुटीसमेत पाइन्छ । विशेषतः वैशाख–जेठमा यहाँका लेकहरूको यार्सागुम्बा टिप्ने गरिन्छ भने असोज–कात्तिकमा च्याउ टिप्ने चलन छ । फिरन्ते शैलीमा घुम्ती गोठमा गाई, भैँसीपालन गर्ने गोठालाहरूको दिनचर्या र जीवनशैली एकसाथ अध्ययन अवलोकन गर्न पाउनु यहाँको अर्को विशिष्टता हो ।

 

 

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन मुदी, मुना क्षेत्रमा रेडपाण्डा, चिरकालिजजस्ता दुर्लभ वन्यजन्तु र पन्छीहरु पाइने भएकाले पर्यापर्यटनको हिसाबले पनि सम्भावना देखिएको बताउनुहुन्छ । मुदीको पर्यटन विकासका लागि पूर्वाधार निर्माणसँगै यहाँको प्रवर्द्धनमा जोड दिइएको उहाँले बताउनुभयो । धवलागिरि सर्किटसँगै गुर्जाबाट डोल्पा निस्कने मार्ग, ढोरपाटन सिकार आरक्ष जोड्ने रूटको पनि विकास प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ । मुदीदेखि चक्रीय धवलागिरि र गुर्जा हिमाल पदयात्रामा जान सकिनुले यो पदयात्रा पर्यटनका लागि पनि महत्त्वपूर्ण गन्तव्यका रूपमा रहेको छ । करिब दशकअघिसम्म चक्रीय धवलागिरि पदमार्गमा पदयात्राका लागि आउने पर्यटकका कारण मुदीमा पर्यटकले क्याम्प राख्ने ठाउँ पाउन पनि मुस्किल हुन्थ्यो ।
विशेषतः शरद र वसन्त याममा धवलागिरि हिमाल आरोहणका साथै यसको फेदी हँुदै मुस्ताङको मार्फा निस्कने चक्रिय धवलागिरि पदमार्गका आउने पर्यटकका कारण भरिभराउ हुने मुदीगाउँ पछिल्ला वर्षमा भने सुनसान हुँदै गएको छ । विगतमा पर्यटक, पथप्रर्दशक र मजदुरहरूको लहर देखेर मुदीमा धवलागिरि सामुदायिक घरबास स्थापना गर्नुुभएका व्यवसायी गणेश घर्तीले अहिले उक्त व्यवसाय बन्द गरेर बाख्रापालन सुरु गर्नुपरेको दुःखेसो गर्नुभयो ।
विगतमा यहाँका दुईवटा क्याम्पमा क्षमताभन्दा बढी पर्यटक आएको देखेर उनीहरूको सुविधाका लागि होमस्टे खोलेको बताउँदै उहाँले पछिल्लो समयमा पर्यटकहरु सिधैँ हेलिकप्टर चढेर आधार शिविर पुग्न थालेपछि उक्त व्यवसाय नै बन्द गरेर बाख्रा पाल्न थालेको बताउनुभयो । हेलिकप्टरबाट सिधैँ धवलागिरि जाने क्रमले यहाँ रहेका करिब ५० जना क्षमताका पाँचवटा घरबास सञ्चालकको मात्र नभएर पदयात्राको याममा पर्यटकको भारी बोकेर जीविकोपार्जन गरिरहेकाहरूको रोजगारीसमेत खोसिएको उहाँको भनाइ छ ।

 

पर्यटक र पर्वतारोहीहरू हेलिकप्टर चढेर सिधैँ आधार शिविर पुग्नुका साथै जलविद्युत् आयोजनाहरूले निर्माण गरेको पहुँच मार्गले पदमार्ग मासिएको र नौ दिनको यात्रा दुई दिनमा छोटिदा मुदी, नाउरा, बगरहरू सुनसान बन्ने गरेको स्थानीयको गुनासो छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख मणिराज लामिछानेले धवलागिरिको महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय रूपमा स्थापित गराउनुपर्ने बताउनुहुन्छ । यसको प्रवर्द्धनसँगै पर्यटकीय उपयोग बढाउन सकेमा मुदीगाउँजस्ता सम्भावनायुक्त ठाउँ तथा गाउँहरूको पर्यटकीय उपयोग हुने उहाँले बताउनुभयो ।

 

मुदीमा पाहुना र पर्यटकलाई लक्षित गरेर होमस्टे (घरबास) सञ्चालन गरिएको घरबासका सञ्चालक गौबहादुर राम्जालीले बताउनुभयो । उहाँका अनुसार सडक यातायातको पहुँच, गाउँको फेदी भएर बग्ने गुर्जा र म्याग्दी नदीमा जलविद्युत् आयोजनाहरू निर्माण हुन थालेपछि घरबासमा पाहुना आउन थालेका छन् ।

 

 

पाहुनाहरूलाई घरायसी वातावरणमा खाने बस्ने व्यवस्था मिलाउनका लागि आठदश वर्षअघि बनाएर प्रयोगमा नआएको घरमा आधारभूत पूर्वाधार बनाएर घरवास चलाइएको उहाँले जानकारी दिनुुभयो । आएका पर्यटकलाई स्थानीयवासीले स्थानीय कुखुरा, खसीबोकाको मासु, च्याउ, टुसाको तरकारी, सिमीको दाल, कोदो, फापरको ढिँडो, सिस्नो आदिको स्वाद चखाउने गरेको उहाँले जानकारी दिनुुभयो । घरबासमा एक दिनमा २० देखि ३० जनासम्म सहजै बस्न सक्ने जानकारी दिँदै उहाँले पर्यटकको आगमन बढेको उक्त पूर्वाधारहरू थप विस्तार गर्न सकिने बताउनुुभयो ।

 

गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली धवलागिरि हिमालबाट कसरी फाइदा लिन सकिन्छ भन्नेतर्फ स्थानीयवासीले नै विशेष चासो दिनुपर्ने बताउनुहुन्छ । वैकल्पिक पदमार्गको विकास र आन्तरिक पर्यटक केन्द्रित कार्यक्रम आवश्यकता रहेको उहाँको भनाइ छ । यहाँको दोभानदेखि सल्लाधारी हुँदै इटाली आधार शिविरसम्म सडक विस्तारको सम्भावना नभएको र त्यहाँ पर्यटकलाई आवासको समस्या रहेकाले त्यो क्षेत्रमा व्यवसाय विस्तार गर्न उहाँले स्थानीयवासीलाई सुझाउनुभयो ।

 

म्याग्दीको जिल्ला सदरमुकाम बेनीदेखि सिङ्गा तातोपानी, बाबियाचौर, दरबाङ, धारापानी, ताकम, मुनागाउँ हुँदै गाडीमा तीन घण्टा समयावधिमा मुदी गाउँ पुग्न सकिन्छ । मोटरसाइकलको समेत प्रयोग गरी आउन सकिने यो गाउँ बेनीदेखि ४७ किलोमिटर दूरीमा रहेको छ । बेनीबाट गाउँमा आउन जिपहरू सजिलै पाइन्छ । वासुदेव पौडेल/सन्तोष गौतम/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

अभ्यास खेलमा नेपालद्वारा मलेसिया पराजित

काठमाडौँ,  नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ ।मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा आज सम्पन्न खेलमा नेपालले मलेसियालाई दुई विकेटले पराजित गरेको हो । जितका लागि मलेसियाले दिएको ६८ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा आठ...

तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ,   स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ । मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

देशकै पहिलो ‘योग नगर’ घोषणा हुँदै चाँगुनारायण

भक्तपुर,  चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई ‘योग नगर’ घोषणा गर्ने भएको छ । नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । नगरपालिकाका प्रमुख जीवन खत्रीले यही जेठ ८, ९ र १० गते त्रिदिवसीय कार्यक्रम गर्दै चाँगुनारायण नगरपालिकालाई ‘योग नगर’ घोषणा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९