
काठमाडौं । आउँदो आइतवार र सोमबार चैत १५ र १६ गते सार्वजनिक बिदा दिएको छ । फागू पूर्णिमाको अवसर पारेर चैत १५ गतेका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा र चैत १६ गते तराई जिल्लामा बिदा हुने भएको हो । सरकारद्वारा प्रकाशित नेपाल राजपत्रमा नै उक्त दिन बिदा दिने उल्लेख गरेको छ ।