
बौनियाँ:राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत कैलालीको बर्दगोरिया गाउँपालिका ६, मा रहेको महुन्याल माद्यामिक विद्यालयको चारकोठे पक्की भवनको शिलान्यास गरिएको छ ।
मंगलबार एक कार्यक्रमका बिच सुदुरपश्चिम् प्रदेश साङ्सद नन्द बहादुर साउद (राजेन्द्र) ले भवनको शिलान्यास गरेका छ्न । शिलान्यास कार्यक्रममा बर्दगोरिया ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारु(रन्जित) नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सदस्य लक्ष्मी रिमाल (साउद) ,विद्यालयकी प्रधानाध्यापक चन्द्रीका जोशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष ध्वज बहादुर सुनारलगाएतको उपस्थिति रहेको थियो ।
उक्त ४ कोठे भवन करिब ३६ लाखमा निर्माण सम्पन्न हुनेछ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पक्कि भवन निर्माणतर्फ चालू आर्थिक वर्ष २०७८/७९ का लागि बर्दगोरियाका १७ सामुदायिक विद्यालय मध्य महुन्याल मावी बास्कोटीसहित ५ ओटा सामुदायिक विद्यालय छनौटमा परेका थिए । जसअन्तरगत बर्दगोरिया ६ मा रहेको महुन्याल माविमा ४ कोठे, बर्दगोरिया ४ मा रहेको मावी कोटातुल्सीपुरमा दुई कोठे पक्की भवन बन्नेछ्न ।
यसैगरी आइसीटी ल्याब व्यवस्थापनका लागि वडा नम्बर ५ को जनता आधारभुत विद्यालय कोइलीभुरुवा, वडा नम्बर १ को बालकन्या मावी कट्टीपुर र वडा नम्बर ४ को कालिका माविमा पक्की भवन बन्नेछ्न ।
सरकारले सामुदायिक शैक्षिक संस्थाको भौतिक संरचना विकास, सिकाइ वातावरण सुधार र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न योगदान गरी सार्वजनिक शैक्षिक संस्थालाई विद्यार्थीको सिकाइका लागि रोजाइको केन्द्र बनाउने उद्देश्यले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सहित कार्य संचालन गर्दै आएको छ ।