अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

फिक्कल (इलाम),   केही वर्षअघिसम्म चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि मकै घरायसी उपभोगका लागि मात्रै उत्पादन हुने बाली थियो । थोरै जग्गामा लगाइने मकैले परिवारको आवश्यकता पूरा गरे पनि त्यसबाट आम्दानी हुने कल्पना उहाँले गर्नुभएको थिएन । तर अहिले अवस्था फेरिएको छ । गाउँपालिकाको अनुदान, उन्नत जातको बीउ र प्राविधिक सहयोग पाएपछि उहाँले आठ कट्ठा जमिनमा व्यावसायिक मकैखेती विस्तार गर्नुभएको छ ।

 

“पहिला घरायसी प्रयोजनका लागि मात्रै थोरै मकै लगाउने गथ्र्यौं”, उहाँ भन्नुहुन्छ, “अहिले गाउँपालिकाले उन्नत जातको बीउमा सहयोग गर्न थालेपछि व्यावसायिक खेती सुरु गरेको हुँ ।” अशोक राईका लागि मात्रै होइन, इलामको चुलाचुली गाउँपालिकाका सयौँ किसानका लागि अहिले मकैखेती आम्दानीको भरपर्दो स्रोत बनेको छ । स्थानीय सरकारले सञ्चालन गरेको ‘कृषि जोन कार्यक्रम’ले किसानलाई अनुदान, प्राविधिक सेवा र बजारसँग जोड्दै गाउँपालिकालाई व्यावसायिक मकै उत्पादनको उदीयमान केन्द्रका रूपमा स्थापित गर्दै लगेको छ ।

 

कृषि उत्पादन वृद्धि गर्दै किसानको आयआर्जन बढाउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५० प्रतिशत लागत साझेदारीमा ‘टिएक्स–३६९’ जातको हाइब्रिड मकैको बीउ वितरण गरेको थियो । कार्यक्रमबाट चुलाचुलीका ७०० किसान लाभान्वित भएका छन् । उनीहरूलाई कुल ६ हजार ४५६ किलोग्राम बीउ वितरण गरिएको छ भने प्रत्येक किसानले बढीमा १६ किलोग्रामसम्म बीउ प्राप्त गरेका छन् ।

 

गाउँपालिकाको कृषि विकास शाखाका प्रमुख सुवास दाहालका अनुसार वडा नं १ देखि ६ सम्मका किसानका लागि रु ४१ लाख ९६ हजार ४०० बराबरको बीउ वितरण गरिएको हो । यसमध्ये रु २० लाख ९८ हजार २०० गाउँपालिकाले अनुदान दिएको थियो भने बाँकी रकम किसानले लागत साझेदारी गरेका थिए ।

 

दाहालका अनुसार अहिले चुलाचुलीमा १०७ हेक्टर क्षेत्रफलमा व्यावसायिक मकैखेती भइरहेको छ । यहाँबाट वार्षिक करिब २४२ मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । उत्पादन बढेसँगै किसानको आम्दानीमा पनि उल्लेखनीय सुधार देखिएको उहाँ बताउनुहुन्छ ।

 

“हामीले बीउ वितरणमा मात्र सीमित नभई प्राविधिक परामर्श, तालिम, कृषि सामग्री र यान्त्रीकरणका कार्यक्रम पनि सञ्चालन गरिरहेका छौँ”, दाहालले भन्नुभयो, “यसले उत्पादन लागत घटाएको छ भने उत्पादकत्व पनि बढाएको छ ।”

 

चुलाचुली–४ का किसान टिके बुङक्षेन राईका लागि मकै खेती अहिले परिवारको मुख्य आयस्रोत बनेको छ । उहाँका अनुसार अन्य बालीको तुलनामा मकैबाट छिटो र राम्रो आम्दानी हुन्छ ।“मकै बिक्रीबाट आएको पैसाले घरखर्च चलाउन र छोराछोरीको पढाइमा धेरै सहयोग पुगेको छ”, उहाँ भन्नुहुन्छ, “अरू बालीभन्दा यसमा मेहनतको प्रतिफल राम्रो पाइने रहेछ ।”

 

व्यावसायिक खेती विस्तारसँगै गाउँपालिकाका धेरै बाँझो जमिन पुनः खेतीयोग्य बनेका छन् । अहिले गाउँका बारीहरू लहलहाएका मकैका बोटले हराभरा देखिन्छन् । कतिपय किसानको मकै पाकिसकेको छ भने कतिपय खेतमा पाक्ने क्रममा छ ।

 

मकैखेतीको विस्तारले गाउँमा रोजगारीका अवसर पनि सिर्जना गरेको छ । खेतबारीमा श्रमिकको माग बढेको छ भने वैदेशिक रोजगारीबाट फर्किएका केही युवाले समेत कृषि व्यवसाय रोज्न थालेका छन् । स्थानीय सरकारले कृषि क्षेत्रमा गरेको लगानीले गाउँमै आयआर्जनको सम्भावना बढाएको किसानहरू बताउँछन् ।

 

उत्पादन बढे पनि बजारको अभाव भने किसानले भोग्नुपरेको छैन । किसान उपेन्द्र पौड्यालका अनुसार व्यापारीहरू मकै खरिद गर्न गाउँमै आउने भएकाले बिक्रीका लागि चिन्ता लिनु पर्दैन । “उत्पादन भएको मकै घरबाटै बिक्री हुन्छ, यहाँको मकै झापा, मोरङ र सुनसरीलगायतका बजारमा पुग्छ”, उहाँले भन्नुभयो ।

 

पशुपालन व्यवसाय विस्तारसँगै दाना उद्योगबाट मकैको माग बढिरहेको किसानको अनुभव छ । स्थानीय बजारसँगै औद्योगिक माग बढ्दा उत्पादन बिक्री हुने निश्चित भएपछि किसानको व्यावसायिक खेतीप्रतिको विश्वास अझ बलियो बनेको छ ।

 

किसान सञ्जीव मगरका अनुसार पहिले वर्षभरि खान पुग्ने अन्न उत्पादन गर्ने उद्देश्यले मात्र मकै लगाइन्थ्यो । उहाँले भन्नुभयो, “अहिले बजारको माग हेरेर खेती विस्तार गरेका छौँ, “आम्दानी हुने निश्चित भएपछि खेतीप्रतिको दृष्टिकोण नै बदलिएको छ ।”

 

कृषि प्राविधिकहरूका अनुसार चुलाचुलीको हावापानी, उर्वर माटो र पर्याप्त वर्षा मकैखेतीका लागि अनुकूल छन् । मकै समुद्री सतहदेखि करिब १३ हजार फिट उचाइसम्म खेती गर्न सकिने बाली हो । राम्रो उत्पादनका लागि २१ देखि २७ डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ भने पानी नजम्ने मलिलो दुमट माटो यसको खेतीका लागि राम्रो हुन्छ ।

 

मकै नेपालकै दोस्रो प्रमुख खाद्यान्न बाली हो । विशेषगरी पहाडी क्षेत्रमा यो मुख्य खाद्य बालीका रूपमा प्रयोग हुँदै आएको छ । पछिल्लो समय यसको उपयोग परम्परागत खानामा मात्र सीमित छैन । भुटेको, उसिनेको वा पोलेको मकैसँगै ढिँडो, रोटी, चिउरा, हलुवा, केक, कुकिज, चिप्सलगायत विभिन्न परिकारमा यसको प्रयोग बढ्दो छ ।

 

पोषणका हिसाबले पनि मकैलाई महत्वपूर्ण खाद्यान्न मानिन्छ । कृषि प्राविधिकका अनुसार यसमा प्रशस्त फाइबर पाइने भएकाले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत पुग्छ । नियमित सेवनले कब्जियत र एसिडिटीको समस्या कम गर्न सहयोग पुग्ने, कोलेस्ट्रोल नियन्त्रणमा भूमिका खेल्ने तथा मुटु रोगको जोखिम घटाउन मद्दत गर्ने विश्वास गरिन्छ । फोलिक एसिड, कपर, म्याग्नेसियम, आइरन र फस्फोरसजस्ता पोषक तत्व भएकाले गर्भवती महिला तथा हड्डीको स्वास्थ्यका लागि पनि मकै उपयोगी मानिन्छ ।

 

चुलाचुली गाउँपालिकाले मकै खेतीसँगै अन्य कृषि बालीको विकासलाई पनि प्राथमिकता दिएको छ । सिमलतरुल, आलु, अदुवा, बेसार, तरकारी तथा फलफूलखेती विस्तारका कार्यक्रम सञ्चालन भइरहेका छन् । किसानलाई बीउबिजन, सिँचाइ सुविधा र कृषि औजार उपलब्ध गराइनुका साथै आधुनिक प्रविधिको प्रयोगमा प्रोत्साहन गरिएको छ ।

 

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत चुलाचुली–२ मा रु छ लाखको आलु पकेट कार्यक्रम तथा वडा नं १ र ५ मा रु १२ लाखको अदुवा–बेसार पकेट विकास कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै ५० प्रतिशत लागत साझेदारीमा रु आठ लाख बराबरका कृषि सामग्री तथा यान्त्रीकरणका उपकरण वितरण गरिएको कृषि विकास शाखाले जनाएको छ ।

 

गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार कृषि क्षेत्रलाई आगामी दिनमा पनि स्थानीय विकासको मुख्य आधारका रूपमा अघि बढाइनेछ । “कृषि उत्पादनसँगै किसानको आयआर्जन वृद्धि र स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्यका साथ कृषि अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउनेछौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौँ ।”

 

अनुदान, प्रविधि, बजार र किसानको बढ्दो आत्मविश्वासले चुलाचुलीमा व्यावसायिक मकैखेतीको नयाँ सम्भावना उजागर गरेको छ । परम्परागत निर्वाहमुखी खेतीबाट व्यवसायमुखी कृषितर्फको यात्रा अहिले यस गाउँपालिकाको पहिचान बन्दै गएको छ । यहाँका हराभरा मकैका बारीहरूले केवल राम्रो उत्पादनको सङ्केत मात्र दिएका छैनन्, गाउँको बदलिँदो आर्थिक भविष्यको झल्को पनि दिएका छन् ।रामकुमार लिम्बु/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९