
कैलाली-स्थानिय निकायको निर्वाचन २०७९ का लागि करिब १ महिना भन्दा कम समय बाकि रहदा सबैको ध्यान कुन पार्टी बाट काे उम्मेदवार बन्ने भन्ने बिषय चासोका साथ हेरिन थालेको छ । यसै बिच कैलाली जिल्लाकाे मध्यवर्ती क्षेत्रमा रहेको बर्दगाेरिया गाउपालिकामा नेपालि कांग्रेस बाट गाउपालिका अध्यक्ष पदकाे उम्मेदवार का रुपमा प्रमाेद मल्लको सम्भावना बढ्दै गयकाे कांग्रेस बर्दगाेरिया पार्टी स्राेत ले बतायकाे छ ।
मल्ल बर्दगाेरिया गाउपालिकामा स्वच्छ छवि भएको युवाका रुपमा परिचित छन् । लामाे समय देखि शिक्षा क्षेत्रमा आबद्ध रहेका मल्लले पछिल्लो तीन बर्ष देखि राष्ट्रकै सर्वाधिक धनराशि काे बिधालय स्तरिय क्रिकेट प्रतियोगिता आयाेजना समेत गर्दै आयका छन् ।
मल्ल स्वयम् एक समयका उत्कृष्ट फुटबल खेलाडी समेत हुन् । बर्दगाेरिया गाउपालिका का स्थानीय हरुका अनुसार यदि मल्लले गाउपालिका अध्यक्ष का रुपमा पार्टिले विश्वास गरेर टिकट प्रदान गरेमा मल्लकाे जित निश्चित प्राय रहेको पालिकाका जानकारहरु बताउदछन् ।
मल्लकाे स्वच्छ छवि र सामाजिक भावनाले गर्दा मल्ललाई कांग्रेस पार्टीको मात्र नभएर अन्य पार्टी काे समेत भाेट प्राप्त गर्ने अवस्था रहेको जानकार हरु बताउदछन् ।