Baigyanik Media

Advertisment

SKIP THIS

अन्डर 19 टिन भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १० किलोको कुखुरा आयोजक हात पार्न सफल

बौनियाँ- कैलालीको मध्यवर्ती क्षेत्र बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा लिटिल स्टार ट्रेनिङ सेन्टर खैरेनीको आयोजनामा अन्डर 19 टिन भलिवल कप ०७७ सम्पन्न भएको छ। कृष्ण जन्माष्टमी को अवसरमा सन्चालित भलिवल खेलमा ८ वटा टिमको सहभागीता रहेको थियो ।
आयोजकका अनुसार अन्डर 19 टिन भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १० किलोको कुखुरा ,द्वितिय पुरस्कार ६ किलोको कुखुरा र तृतीय पुरस्कार ३ किलोको कुखुरा पुरस्कार दिएकाे थियो ।
८ टिम सहभागी रहेको यस प्रतियोगितामा आयोजक लिटिल स्टार ट्रेनिङ सेन्टर खैरेनी टिम प्रथम ,श्री पशुपती युवा क्लब द्वितीय ,साइनिङ्ग स्टार युबा क्लब तृतीय भएको बताईएको छ। श्रावण २५ गते बाट संचालन भएको भलीवल प्रतियोगीता २८ गते बुधबार सम्पन्न भएको हो ।
चार दिने प्रतियोगितामा ८ टोलीले पोल सिस्टमका आधारमा प्रतिस्पर्धा खेलाईएको थियो । आयोजक विजयी खेलाडी टिम लाई वर्दगोरीया गाउँपालिका वडा नं ३ का वडा सदस्य टंक राज अोली, वडा सदस्य कोकिला खत्री र साइनिङ्ग स्टार युबा क्लब अध्यक्ष मिलन ओलीले पुरस्कार वितरण गर्नु भएको थियो भने खेल अवलोकन गर्ने दर्शक को पनि भिड लागेको आयोजकले बताएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation