बौनिया( दोस्रो संस्करणको बालबाटिका क्रिकेट लिग सिजन २ (बिसिएल) को ट्रफी सार्वजनिक गरीएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको नव बालबाटिका विद्या मन्दिरले १६विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा ट्रफी सार्वजनिक गरेको छ ।दोस्रो संस्करणको बालबाटिका क्रिकेट लिग (बिसिएल)मा नव बाल बाटिका बौनिया,पाईनस लम्की, सन्त निरन्कारी टिकापुर, भुवनेश्वरी टिकापुर, लिटिल फलावर धनगढी, युनाईटेट एकेडेमी टिकापुर, लिटिल बुद्ध कञ्चनपुर, आर एम ई टिकापुर, वस्टेन कञ्चनपुर, गुरुकुल एकेडेमी मोतीपुर, महोन्यल मा।बि बास्कोटी, सारदा सरस्वती कञ्चनपुर, कालिका नेस्नल र सर्वोदय विद्या मन्दिर गुलारा सहभागिता रहनेछ ।
प्रथम पुरस्कार प्रायोजन सुन बस्ती विकास कम्पनी प्रा।लि काठमाडौँ, दोस्रो पुरस्कार प्रायोजक प्रज्ञा इट्टा उद्योग जोशीपुर सिमरी, विशेष सहयोगी हिरा कलेक्सन बौनिया, वसन्त कोल्ड बौनिया र प्रवर्द्धक बर्दगोरिया गाउँपालिकाको कार्यालय मुडा कैलाली रहेको छ । पहिलो संस्करणको लिग सफलता पूर्वक सम्पन्न भए पछि विद्यालयले दोस्रो संस्करणको लिग सञ्चालन गर्न लागेको हो ।
“व्यक्तित्व विकास, पारस्परिक सहयोग एवं स्वास्थ्यका लागि खेल” भन्ने मूल नाराका साथ फागुन १ गतेबाट १४ गते सम्म क्रिकेट प्रतियोगिता हुने बताइएको छ । विद्यालय स्तरबाटै सबल, सक्षम, सृजनशील र अनुशासित क्रिकेट खेलाडीहरू उत्पादन गर्ने तथा बौनियालाई पनि क्रिकेट सहरको रूपमा चिनाउने उद्देश्यले क्रिकेट लिग आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं नव बालबाटिका विद्या मन्दिरका संस्थापक प्रिन्सिपल प्रमोद मल्ले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १५ हजार ११ सय १ रुपैयाँ र द्धितिय हुनेले ५७ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीहरूले पनि धनराशिको पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगिता लिक कम नकाउट प्रणालीका आधारमा मुडा बजारको खेल मैदानमा खेलाइने आयोजकले जनाएको छ ।
गत वर्षका संस्करण जस्तै यसपटक पनि प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद १३ हजार पुरस्कार प्राप्त गर्ने अवसर पाउनेछ्न भने उत्कृष्ट बलर र ब्याट्सम्यानले समान ८ हजार पुरस्कार स्वरुप प्राप्त गर्नेछन् । आयोजककाअनुसार प्रतियोगितामा सहभागी नव उदयिमान खेलाडीले नगद ५ हजार तथा लीग चरणका हरेक खेलक म्यान अफ दी म्याच लाई नगद ५ सय र स्व। रकमलाई बृद्धि गर्दै क्रमशः क्वाटरफाइनलमा १ हजार सेमिफाइनलमा २ हजार र फाइनल खेलमा म्यान अफ दी म्याच लाई नगद ३ हजार प्रदान गरिने छ ।