बिहिबार, बैशाख १३, २०८१

एभरफन चकलेट बालबाटिका क्रिकेट लिग सिजन-२ मा आज गणेश बाबा र गुरुकुल विजयी

कैलालीको बर्दगोरिया गाउँपालिकामा जारी एभरफन चकलेट बालबाटिका क्रिकेट लिग सिजन २ मा आज (मंगलबार) २ खेल सम्पन्न भएका छन । आज(मंगलबार) भएका खेलहरुमा गणेश बाबा र गुरुकुल बिजयी भएका छन ।​​​​​​ आज दिउँसो १२ बजे भएको पहिलो खेलमा गणेश बाबा बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको गणेश बाबाले निर्धारित १५ ओभर खेल्दै ६ विकेट गुमाउदै १ सय २५ रन बनाउन सफल भएको थियो । गणेश बाबाका लागि पारष तिमिल्सिना र जनक बमले क्रमशः २५ र २६ रनको योगदान गरेका थिए । १ सय २६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कैलाली नेशनल निर्धारित १५ ओभर खेल्दै ८ विकेट गुमाउदै ९६ रन बनाउन सफल भयो र २९ रनले हार ब्यहोर्न बाध्य भएको हो ।

२६ बलमा १ चौका र १ छक्का हिर्काएर २५ रन बनाएका गणेश बाबाका पारष तिमिल्सिना म्यान अफ द म्याच बन्न सफल भएका थिए । यसै गरि आज दिउँसो ३ बजे भएको दोस्रो खेलमा गुरुकुल लम्की बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको आर एम ई टिकापुरले निर्धारित १५ ओभर खेल्दै ८ बिकेट गुमाउदै ७६ रन बनाउन सफल भएको थियो । गुरुकुलका लागि बिपिन बमले ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट हात पारेका थिए । ७७ रनको सामान्य लक्ष्य लिएर जवाफी व्याटीेङमा आएको गुरुकुल लम्कीले १२।२ ओभर खेल्दै ७ विकेट गुमाएर लक्ष्य भेटाएको हो । गुरुकुलका लागी जानु कस्गरले २ छक्का र १ चौकाको मद्धतमा १६ रनको योगदान गरेका थिए । ३ ओभरमा १३ रन खर्चेर ३ बिकेट लिएका गुरुकुलका बिपिन बम म्यान अफ द म्याच बन्न सफल भए ।

यसै गरी भोली विहान ८ बजे शारदा मा वि दोधरा चादनीका विरुद्ध गणेश बाबा टीकापुर, विहान ११ बजे लिटील बुद्ध महेन्द्रनगरका विरुद्ध लिटिल फलावर धनगढी र भोलीको अन्तीम खेल भुवनेश्वरी गड्डाचौकीका विरुद्ध पायनिर्यस लम्की विच खेल हुने प्रतियोगिता संयोजक प्रमोद मल्लले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख १५ हजार १ सय ११ रुपैया र द्धितिय हुनेले नगद ५७ हजार ५ सय ५५ रुपैया प्राप्त गर्ने छ । प्रतियोगिता फागुन १३ गते सम्म संचालन हुने छ ।

 

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation