Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीमा १९ बर्ष मुनिका पुरुषहरुको दोस्रो राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने

केही वर्षयता जिल्लाको ग्रामीण क्षेत्रमा खस्कँदै गएको भलिबल खेलको लोकप्रियता पछिल्लो समय फेरि बढ्न थालेको छ।

 

कैलाली बौनियाँ। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा अवस्थित लिटिल स्टार ट्रेनिंग सेन्टरको आयोजनामा १९ बर्ष मुनिका पुरुषहरुको दोस्रो राष्ट्रव्यापी भलिबल प्रतियोगिता हुने भएको छ ।श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा भदौ महिनाको १२ गते देखि १४ गतेसम्म हुने प्रतियोगिता गाउँपालिकाको वडा नं ३ स्थित रामजानकी मन्दिर (खैरेनी) खेल मैदानमा संचालन हुने आयोजकले अनमोल अनलाईन टेलिभिजनलाई जानकारी दिएको छ ।प्रतियोगितामा देश भरिका ३० टिमको सहभागिता रहने अनुमान गरिएको छ ।पोल सिष्टमका आधारमा खेलाइने प्रतियोगितामा देश भरिका १९ वर्ष भन्दा कम उमेरका खेलाडीहरुले प्रतियोगितामा भाग लिन पाउने छन् ।प्रतियोगितामा विजेता टोलीले प्रथम पुरुस्कार : १५ के.जी बोइलर ( मेडल र प्रमाण पत्र) पाउने छन भने दृतिय पुरुस्कार : १० के.जी बोइलर ( मेडल र प्रमाण पत्र) पाउने छन् र तृतीय पुरुस्कार :७ के.जी बोइलर ( मेडल र प्रमाण पत्र) दिइने आयोजकले जनाएको छ।प्रतियोगिताको कुल लागत खर्च २५०००।- हजार अनुमान गरिएको छ ।

‘भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल हो। बीचमा केही समय यसमा सुस्तता आएको भलिबल खेल अहिले जिल्लाका ग्रामीण क्षेत्रमा समेत भलिबल खेलको आकर्षण बढ्दै गएको छ’, भलिबलका सुदुर पश्चिम प्रदेशका भलीबल कप्तान जनक खड्का भन्छन्, ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीहरूको क्षमता पनि बाहिर ल्याउन थालेको हु। भलिबल खेलको विकासमा टेवा पुर्‍याउने समेत खड्काले बताए।’खड्का लिटिल स्टार ट्रेनिंग सेन्टरका प्रशिक्षक समेत हुन् ।

ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान पुयाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भ्वाइस क्याप्टन नारायण खत्रीले बताए।उनले भने, ‘खेल क्षेत्रको विकास गर्नु हाम्रो दायित्व पनि हो। त्यही दायित्व पूरा गर्न हामीले भलिबल प्रतियोगिता सञ्चालन गर्न थालेका हौं। विजेतालाई नगद पुरस्कार पनि दिन्छौं। यसले खेलाडीलाई थप हौसला मिलेको छ समेत भनें।’आगामी दिनमा पनि हामी यसलाई निरन्तरता दिनेछौं’, लिटिल स्टार ट्रेनिंग सेन्टरका भलिबल क्याप्टन विशाल जोशी भन्छन्, ‘खेल स्वस्थ नागरिकका लागि आवश्यक रहेको खेलाडी विमल ओलीको भनाई रहेको थियो ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation