नेपाल प्रवास स्वतन्त्र युवा संगठनले गर्यो लिटिल स्टार ट्रेनिंग सेन्टरलाई आर्थिक सहयोग/ भिडियो सहित

बौनिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ३ मा अवस्थित नेपाल प्रवास स्वतन्त्र युवा संगठनले लिटिल स्टार ट्रेनिंग सेन्टरलाई नगद रु ८५००।- रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । वडा नम्बर तीनमा रहेका युवाहरुले विदेशबाट स्थानीय स्तरमा खेलकुद तथा खेलाडीको विकासमा टेवा पुर्याउन खेकुद क्षेत्र बाट गाउँमा रहेका युवालाई राष्ट्रिय क्षेत्रमा पुर्याउन सकिन्छ कि भन्दै खाजा खर्च बाट बचाएर सहयोग गरिएको नेपाल प्रवास स्वतन्त्र युवा संगठनका केन्द्रीय सचिव पुष्प गौतमले बताउनुभयो।

 

 

लिटिल स्टारको आयोजनामा आउँदो श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा हुन गइरेको १९ बर्ष मुनिका पुरुषहरुको दोस्रो राष्ट्रव्यापी भलिबल प्रतियोगितालाई सफल पार्नका लागि आज एक कार्यक्रमका बीच नगद रकम हस्तान्तरण गरिएको हो। प्रतियोगिता यहि भदौ १२ गतेदेखि १४ गतेसम्म वडा नं ३ स्थित रामजानकी मन्दिर (खैरेनी) खेल मैदानमा सञ्चालन हुनेछ। सो प्रतियोगितामा देशभरका ३० टिमको सहभागिता हने आयोजकले जनाएको छ।

नगद सहयोग हस्तान्तरण गर्दै नेपाल शाखाका अध्यक्ष गणेश बि कले भने खेलक्षेत्रको विकासका लागि आफुले सधै सहयोग गर्ने प्रतिबद्धता समेत बताए। युवाहरुलाई मानसिक तथा शारीरिक रूपमा स्वच्छ र समग्र खेलकुदको विकासका लागि सबैको हातेमालो आवश्यक रहेको नेपाल शाखाका केन्द्रीय उपाध्यक्ष खेम देवकोटाले भने।

खेलकुदको माध्यमबाट युवाहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन खेलकुदमा सरकारले विशेष लगानी र जोड दिन आवश्यक छ,के के युबा क्लबका अध्यक्ष शिखर वि कले  भनु भएको थियो। उनले खेलकुद क्षेत्रको विकासका लागि खेलाडीमा लगानी र उचित व्यवस्थापनको खाँचो रहेको समेत बताए।

कार्यक्रममा स्थानीय रवि जनला, पशुपति युवा क्लबका अध्यक्ष अस्विन  वि क, साईनिग स्टार युबा क्लबका महासचिव सुन्दर गौतम, सुदुर पश्चिम प्रदेश क्याप्टन जनक खड्का, खेलाडीहरुको सहभागीता थियो।

हेर्नु होस यो भिडियो सहित

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation