मङ्लबार, बैशाख १६, २०८२

Baigyanik Media

Advertisment

SKIP THIS

प्रथम उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता बर्दगोरिया गाउँपालिकामा शुरु

बौनिया,कैलाली/कैलालीको बर्दगोरिया गाउँपालिकामा शुक्रबार देखि गाउँपालिका अंतरगत मावि कक्षा ९ -१० स्तरीय प्रथम उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता शुरु भएको छ । बर्दगोरिया गाउँपालिकाको कार्यालयको प्रायोजनमा बसन्तमुरारी नमूना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो ।

 

प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । वसन्त मुरारी नमूना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टङ्क कुवरको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथितिका रूपमा गाउँपालिका अध्यक्ष बलिराम डगौरा थारु रहनु भएको थियो ।

आयोजक बसन्त मुरारी नमूना माविका प्रधानाध्यापक भुमी प्रकाश बमको स्वागत मन्तव्य संगै शुरु भएको कार्यक्रममा विशिष्ट अथितिका रूपमा पालिका उपाध्यक्ष भगवती देवि डगौरा , अथितिका रूपमा शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्ट , वडा नम्बर १ का अध्यक्ष जयरुप खतिवडा , वडा नम्बर दुईका अध्यक्ष भेखु चौधरी , ३ का अध्यक्ष करने सुनार , ५ का अध्यक्ष श्याम कुमारी चौधरी लगाएत रहनु भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष बलिराम डगौरा थारुले विद्यार्थीको शारीरिक , मानसिक तथा खेलप्रतिको लगावलाई अझ प्रभावकारी बनाउन प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले अन्य नगपालिका र गाउँपालिकाले के गर्छन् थाह भएन ' , तर हामीले माघी पर्वलाई मध्यनजर गरि पालिका स्तरको शिल्ड प्रतियोगिता आयोजना गर्ने तयारी थालेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भगवती देवि डगौराले विद्यालय स्तरमै राम्रो प्रतीभावान खेलाडी बनाउन र किशोरीहरुलाई खेल र खेलकुदमा समेत अगाडि बढाउन उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता राखिएको बताउनुभयो । उहाँले यसअघि पनि प्रतियोगिता राख्ने तयारी गरिएपनि कोरोना महामारीका कारण त्यो सफल हुन नसकेको बताउनुभयो । खेलका माध्यमबाट समेत किशोरीको प्रतिभा प्रस्फुटन गराउन प्रतियोगिता आयोजना गरिएको र यसले महत्त्वपूर्ण भुमिका खेल्ने दावी गर्नुभयो ।

कार्यक्रममा बर्दगोरिया गाउँपालिका शिक्षा शाखा प्रमुख नन्दा कुमारी भट्टले बालबालिकाको सर्वाङ्गिण क्षेत्रको विकासका लागि खेलकुद अपरिहार्य भएको भन्दै यसले बालबालिकालाई शारीरिक र मानसिक हिसाबले तन्दुरुस्त तथा अनुशासित बनाउन ठूलो योगदान पुर्याउने बताउनुभयो । प्रतियोगितामा विभिन्न सामुदायिक र संस्थागत गरि ९ विद्यालयका छात्रा खेलाडीले भाग लिएका छन ।

हेर्नु होस् यो भिडियो सहित

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation