Baigyanik Media

Advertisment

SKIP THIS

प्रथम गोविन्द बुढा स्मृति खुल्ला पेनाल्टी शुट आउटको उपाधी घोडाघोडी नगरपालिकाको प्राविधिक टिमलाई

बौनियाँ-घोडाघोडी नगरपालिका वडा नम्बर १० पहलमानपुरमा सम्पन्न प्रथम गोबिन्द बुढा स्मृति खुल्ला पेनाल्टी शुट आउटको उपाधी घोडाघोडी नगरपालिकाको प्राबिधिक टिमले उचालेको छ । उपाधी उचाले संगै प्राबिधिक टिमले नगद ५० ह्जार सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । फाईनल पेनाल्टी शुट आउटमा प्राबिधिक टिमले तारानगरको टिमलाई पराजित गर्दै उपाधी उचालेको हो । दोस्रो स्थान हासिल गरेको तारानगरले नगद २५ ह्जार सहित ट्रफी मेडल, प्रमाणपत्र हात पारेको छ । 

 

गत बर्ष दुर्घटनामा मृत्यु भएका गोबिन्द बुढाको सम्झनामा राखिएको पेनाल्टी शुट आउट प्रतियोगितामा कैलाली जिल्लाका ४० टिम को सहभागिता रहेको थियो । सहारा युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता भएको हो । खेलले खेलाडीको हौसला बढाउनुका साथै शारीरिक रुपमा पनि मनोबल उच्च गर्ने सहभागी हरुले बताएका थिए ।​​​​​​

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation