शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

बालबाटिका क्रिकेट लिग-३ तेस्रो दिन : लिटिल बुद्ध र गणेश बाबा बिजयी 

बौनिया/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको तेस्रो दिनको खेलमा लिटिल बुद्ध र गणेश् बाबा  विजयी भएका छन । 

दिनको पहिलो खेलमा लिटिल बुद्धले बिद्या भूषण पब्लिकलाई  ३ विकेटले  पराजित गर्यो । मुडा बजार स्थित खेल मैदानमा सम्पन्न खेलमा बिद्या भुषणले दिएको १ सय ४५ रनको लक्ष्य लिटिल बुद्धले  १८.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य भेटाएको हो ।  बिद्या भुषणको ब्याटिङमा नारायण जोशिले ४९ बलमा ६ चौका र ७ छक्काको  मद्दतमा ७६  रन बनाए । बलिङ तर्फ लिटिल बुद्धका  सागर थापा र रोयल बमले समान ४/४ बिकेट लिए । खेलको प्लेयर अफ द म्याच सागर थापा घोषित भए जसले एक हजार रुपैयाँ प्राप्त गरे। लिटिल बुद्धका तर्फबाट सुशील खडकाले ४१ तथा सागर थापाले २८ रनको योगदान गरे । 

आजै सम्पन्न दोश्रो खेलमा गणेशबाबाले कर्णाली मा वि लाई  ३ बिकेटले पराजित गर्यो। कर्णाली मा वि ले  दिएको ८१ रनको लक्ष्य पछ्याएको गणेश बाबाले १४.४ ओभर खेल्दै ७ बिकेट गुमाउँदै लक्ष्य भेटाएको हो  । गणेश बाबाका गणेश बिस्टले १९ रन बनाए ।  खेल को म्यान अफ द म्याच गणेश बिस्ट घोषित भए ।
यस अघि टस जितेर पहिले ब्याटिंग गरेको कर्णाली मा बि ले  निर्धारित २० ओभर मध्य १४.१ ओभरमा अल आउट हुदै ८१ रन बनाएको थियो । कर्णाली मा वि को लक्की कठायतले ३२ रनको योगदान दिए ।  गणेशबाबाको बलिङमा पारस तिमिल्सिना र गणेश बिस्टले समान ३/३ विकेट लिए । 

प्रतियोगिता अन्तर्गत शुक्रबार पनि दुई खेल संचालन हुनेछन्। पहिलो खेलमा बिहान ९: ३० बजे होलिल्याण्ड अत्तरिया र गुरुकुल एकाडेमी लम्की  तथा दोश्रो खेलमा दिउँसो १:३० बजे आयोजक बालबाटिका र  लिटिल बुद्ध  बिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले  समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation