बौनिया/बर्दगोरियामा जारी बालबाटिका क्रिकेट लिग यु-१९ विद्यालय स्तरीय टि-ट्वान्टी प्रतियोगिताको उपाधीका लागी गुरुकुल इङलिस मेडियम स्कुल र बालबाटिका बिद्या मन्दिर बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार भएको पहिलो सेमिफाइनल खेलमा गुरुकुलले लिटिल बुद्ध महेन्द्रनगरलाई ७९ रनले पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । यसै गरि आज भएको दोस्रो सेमिफाइनल खेलमा आयोजक बालबाटिका बिद्या मन्दिरले कर्णाली मा वि टिकापुरलाई ४५ रनले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।
बिहान भएको टसमा बालबाटिकाले जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर मध्य अल आउट १ सय ४५ रन बनाएको थियो । बालबाटिकाका लागि यु-१९ खेलाडी नरेन्द्र शार्किले ५३ रनको योगदान दिए । कर्णालीका अभिषेक शाहिले ४ विकेट लिए । १ सय ४६ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको कर्णाली मा वि टिकापुर निर्धारित २० ओभर मध्य १८.३ ओभरमा अल आउट हुँदै १ सय रन मात्र बनाउन सक्यो र उपाधी होडबाट बन्चित भएको हो । कर्णालिका लागी लक्की कठायतले ३९ रनको योगदान गरे । बालबाटिकाका लागी लक्ष्मण बि क ले ५ बिकेट लिए । उनी म्यान अफ द म्याच बन्न सफल भए । उनले नगद २ ह्जार प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार तथा उपविजेताले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको उत्कृस्ट खेलाडीले १६ हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलर र उदयिमान खेलाडिले समान १० हजार रुपैयाँ प्राप्त गर्ने छन ।
फागुन १७ गते बाट संचालन भएको प्रतियोगिता फागुन २५ गते समापन हुने छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख ५१ हजार लम्की स्थित गुरुकुल इङलिस मेडियम स्कुलले प्रायोजन गरेको छ भने द्दितिय पुरस्कार ७५ ह्जार धनगढीको गेटा स्थित बिद्या भूषण पब्लिक स्कुलले प्रायोजन गरेको छ । यस्तै खेलको उत्कृष्ट खेलाडिलाई लम्की चुहा बचैलाका अशोक कुवरले १६ ह्जार प्रायोजन गर्दा उत्कृष्ट ब्याट्सम्यानको १० ह्जार प्रायोजन राजेन्द्र रावलले गरेक छन । यसै गरि उत्कृष्ट बलको १० ह्जार प्रायोजन एन बि भट्ट जनरल स्टोर बौनियाले प्रायोजन गर्दा उदयिमान खेलाडीको १० ह्जार प्रायोजन चैतन्य एकाडेमी काठमाडौले गरेको छ ।