कैलाली,धनगढी/ सप्तरी जिल्लाको सुरुङगा नगरपालिका वडा न.८ मा नागरिक उन्मुक्ति पार्टीको वडा कमिटि गठन भएको छ । रबिन्द्र प्रसाद चौधरीको संयोजकत्वमा १३ सदस्य वडा कमिटि गठन गरिएको थियो ।इन्द्र नारायण चौधरीको अध्यक्षतामा १३ सदस्यी वडा कमिटी गठन गरिएको छ । वडा कमिटी गठन कार्यक्रममा कांग्रेस, एमाले, माओवादी र राप्रपा लगाएत विभिन्न पार्टी परित्याग गरि ४० जना नेता कार्यकर्ताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गर्नुभएको छ।नागरिक उन्मुक्ति पार्टीका सप्तरी जिल्ला संयोजक बृजेन्द्र प्रसाद चौधरीको प्रमुख आतिथ्य तथा सह-संयोजक भुवनेश्वर चौधरीको विशिष्ट अतिथ्यमा वडा कमिटी गठन गरिएको हो ।कम समयमा नागरिक उन्मुक्ति पार्टी लोकप्रिय बन्दै गएको वडा,पालिका,जिल्ला स्तरको कमिटी विस्तार गर्दै जाने र नागरिक उन्मुक्ति पार्टीलाई उचाई सम्म पुर्याउने पार्टीका सप्तरी जिल्ला संयोजक चौधरीले बताउनुभयो ।कार्यक्रममा शंकरप्रसाद चौधरीको,सुनिता चौधरी,रिता चौधरी ,कुसुम्लाल शाह,गोबिन्द राम लागायत पार्टीका नेता कार्यकर्ताहरु उपस्थिति रहेको थियो।
वडा कमिटि गठन कार्यक्रममा स्थानियहरुको उल्खिनिय सहभागिता रहेको रहेको थियो।रेशम चौधरीकी श्रीमती रञ्जीता श्रेष्ठको नेतृत्वमा रहेको उक्त पार्टीमा अहिले थारु समुदाय मात्र नभई पहाडी समुदायका व्यक्तिहरुको पनि पार्टी प्रवेश गर्ने क्रम बढीरहेको छ । भर्खरै भएको स्थानिय निर्वाचनमा कैलालीका ४ पालिकाको नेतृत्व लिएको उक्त पार्टीले अहिले आगामि प्रदेश र संघिय चुनावलाई लक्षित गर्दै कार्यक्रम र संगठन विस्तारलाई तिव्रता दिइरहेको छ ।