इन्दिराको मूर्तिकारिताको माग उच्च

बागमती,  चितवनको भरतपुर महानगरपालिका–२१ पार्वतीपुरस्थित ‘डिभाइन आर्ट स्टुडियो’का सञ्चालिका इन्दिरा श्रेष्ठको मूर्तिकारिता यतिखेर अन्यका लागि पनि प्रेरक बनेको छ । बाल्यावस्थाबाटै आफ्नो मूर्तिकारिताप्रतिको रुचिलाई व्यावहारिक जीवनमा सशक्त प्रयोग गरिरहनुुभएकी उहाँले यसबीचमा धेरै सङ्ख्यामा मूर्तिहरू निर्माण गरिसक्नुुभएको छ । देशका विभिन्न स्थानमा उहाँले तयार गरेका मूर्तिहरू पुगिसकेका छन् भने ठाउँठाउँमा हुने गरेको विभिन्न मूर्ति कार्याशालामा पनि उहाँको माग उत्तिकै बढ्दो छ ।

 

 

हालै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सञ्चालित मझुवागढी मूर्ति कार्याशाला पुुगेर उहाँले साप्सु खोलाका ढुङ्गामा हेर्दै मनमोहक लाग्ने प्रकृतिपरक चरी अमिलीको पात निर्माण सम्पन्न गरिसक्नुुभएको छ । उहाँले तयार गरेका विभिन्न स्थानमा सजाइएका मूर्तिले पनि उहाँको मूर्तिकारितालाई थप चर्चामा पुर्याएका छन् ।

 

 

चितवनको भरतपुुर विमानस्थल अगाडि रहेको बाघको मूर्ति उहाँले नै निर्माण गर्नुभएको हो । त्यस्तै कोहोलपुरको चौराहामा राखिएको बाघ, हात्ती आदिको मूर्ति, चितवनको भरतपुर महानगरपालिका–२२ वडा कार्यालय अगाडि कमलपोखरीको बीचमा राखिएको कमलको फूल, भरतपुर– २३ घैलाघारीमा राखिएको घैलासहितको महिलाको मूर्तिका कारण उहाँको मूर्तिकारिताले चर्चा पाउने गरेको छ ।

 

 

गोरखाको मनकामनामा राखिएको हातले सुन्तला थामेको मूर्तिदेखि रामपुरको विश्वविद्यालय अघि राखिएको नौ फिटको मकै, मैघौलीमा रहेको घैला बोकेको थरूनीको मूर्ति, नेपालगन्जको चिल्ड्रेन पार्कमा राखिएका गैँडाको माउ, बच्चा, हात्ती, बाघ आदिका मूर्तिहरू उहाँले निर्माण गर्नुभएको हो । आफ्ना दाजुु भीम श्रेष्ठको प्रेरणाले बाल्यवस्थादेखि नै मूर्तिकलाका क्षेत्रमा आकर्षित बन्नुुभएकी श्रेष्ठ स्कुले जीवनका क्रममा पनि विभिन्न पेन्टिङहरू गर्ने गरेको अनुभव सुनाउनुुहुन्छ ।

 

 

चितवनको पोखरा बसपार्कस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरी सन् १९९९ मा ललितकला क्याम्पसमा प्रमाणपत्र तहमा भर्ना हुनुभएकी श्रेष्ठले त्यहीँबाट फाइन आर्ट विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको थियो ।स्नातक तहको पढाइ सन् २००४ मा सकेर काठमाडौँको सृजना क्याम्पसमा करिब पाँच–सात महिना मूर्तिकला पढाएपछि थप अध्ययनका लागि जर्मन जानुुभएकी उहाँले त्यहाँ पढाइसँगै त्यहाँ करिब छ वर्ष बिताएर  स्वदेशमा नै केही गर्नुपर्छ भन्ने सोचका साथ नेपाल फर्किएको बताउनुभयो ।

 

 

“जर्मनबाट फर्केपछि पछिल्ला १० वर्षयता मूर्तिकारिताका क्षेत्रमा निरन्तर लागिरहेकी छुु”, उहाँले भन्नुुभयो, “मूर्तिकारिताका क्षेत्रमा इमान्दार र जिम्मेवार भएर लाग्न सकेमा रोजगारीकै लागि कोही पनि भौँतारिनुपर्ने अवस्था छैन ।” ललितकलाका क्षेत्रमा मूर्तिकारिताको अध्ययनमा लागिरहेका युवायुवतीलाई उहाँले उच्च मनोवलका साथ आफ्नो अध्ययनलाई पूरा गर्न पनि सुझाउनुुभयो ।

 

 

विभिन्न कार्यशालाहरूमा पनि सहभागी बनिसक्नुुभएकी श्रेष्ठ सन् २००५ मा आयोजित पहिलो ‘आरम्भ’ मूर्तिकला सिम्पोजियममा समकालीन मूर्तिकारका रूपमा सहभागी हुनुुभएको थियो । उहाँ सोही वर्ष आयोजित ‘हरमोनी’ अन्तरराष्ट्रिय मूर्तिकला सिम्पोजियममा दृश्य कलाकारका रूपमा सहभागी बन्नुभएको थियो । सन् २०१५ मा आयोजित ‘रुपान्तरण’ ढुङ्गा मूर्तिकला कार्यशालामा दृश्य कलाकारका रूपमा सहभागिता जनाउनुभएको थियो ।

 

 

त्यस्तै, सन् २०१७ मा ‘स्वलेवा’ मूर्तिकला कार्यशाला, सन् २०१९ मा कृति राष्ट्रिय मूर्तिकला सिम्पोजियम, ‘सृजना’ अन्तरराष्ट्रिय मूर्तिकला सिम्पोजियम, मादी राष्ट्रिय ढुङ्गा मूर्तिकला कार्यशालाका साथै सन् २०२२ मा दोस्रो देवदह राष्ट्रिय मूर्तिकला कार्याशालामा दृश्य कलाकारका रूपमा उहाँ सहभागी बन्नुभएको थियो ।

 

 

मूर्तिकला क्षेत्रको निरन्तरको लगावसँगै उहाँले समकालीन मूर्तिकला विधामा सन् २०१५ को राष्ट्रिय कला प्रदर्शनीमा प्रथम पुरस्कार प्राप्त गर्नुभएको थियो । त्यस्तै ‘आर्ट फर नेचर’ अन्तरराष्ट्रिय कार्यशालाअन्तर्गत समकालीन मूर्तिकला विधामा सन् २०१५ को सर्वोत्कृष्ट प्रकृति कलाकार सम्मानका साथै २०१८ को आशाकुमारी गुुरुङ ललितकला पुरस्कार प्राप्त गरिसक्नुुभएको छ । उहाँ हालै नगेन आर्ट एकेडेमीद्वारा खोटाङको मझुवागढी मूर्ति कार्याशालाका अवसर पारी आयोजित कार्यक्रममा ललितकला डायमन्ड वर्ष नारी २०८३ का रूपमा समेत सम्मानित भइसक्नुभएको छ ।

 

 

मूर्तिकारिताका कारण आफू स्वरोजगार बन्नुुका साथै डिभाइन आर्ट स्टुडियोमा दुई जनालाई थप रोजगारी पनि दिइरहनुुभएको छ । “करिब दुई महिनाको समयावधिमा रु १० लाखबराबर मूल्य पर्ने मूर्ति बनाउन सकिन्छ”, उहाँले भन्नुुभयो, “बजारमा विभिन्न मूर्तिहरूको माग पनि उत्साहजनक नै भएका कारण यस पेसामा इमान्दार भएर लाग्नेले पेसाकै कारण पछुताउनुपर्ने अवस्था छैन ।”काम गर्दै जाँदा कहिलेकाहीँ निराशा आउन सक्ने भए पनि नआत्तिन र आफ्नो कामलाई निरन्तर बढाइरहन पनि नवोदित मूर्तिकारहरूलाई उहाँको सुझाव छ ।वासुदेव पौडेल / रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९