बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

मोहन्याल गाउँपालिका ७,मा एकै दिन बाघले २१ वटा बाख्रा मार्यो 

  • मोहन्याल गाउँपालिका ७,मा एकै दिन बाघले २१ वटा बाख्रा मार्यो 
  • बौनियाँ,कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा न-७ स्थित पानी खोला जङ्गलमा बाघले आतंक मच्चाएको छ । केही दिन यता जंगली बाघले जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ७ मा पर्ने पानी खोला जङ्गलमा आतंक मच्चाएको हो ।सोमबार जंगली बाघले पानीखोला जंगलमा दर्जनौं बाख्रा मारेको छ । पानी खोला जङ्गलमा एकै दिनको समयमा बाघले २१ वटा बाख्रा मारेको छ । सोमबार दिउँसो स्थानीयहरुका दर्जनौं बाख्रा मध्य बाघले २१ वटा बाख्रा मारेको हो । डिआर एकीकृत कृषि तथा पशुपन्क्षी फर्मका १० वटा बाख्रा , नबिन बडुवालका ८, वटा बाख्रा ,प्रकाश बोगटिका २ वटा बाख्रा र साबित्रा बडुवाल १ वटा गरि जम्मा २१ बाख्रा मारेको हो ।

    १३ वटा बाख्राको बाघको आक्रमणमा परि मृत फेला परेका छन भने बाकि ८,वटा बाख्रा अझै भेटिएको छैनन् ।

     

     

     

     

     

     

     

     

     

     

     

     

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation