Baigyanik Media

Advertisment

SKIP THIS

मनिष डाँगि बहराइनकाे दाेस्राे डिभिजन क्लबमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टाेलिका फरवार्ड मनिष डाँगि बहराइनकाे क्लबमा अनुबन्धित भएका छन् । उनी इतेहाद अल रिफ क्लबमा अनुबन्धित भएका छन् । मनिषलाइ अनुबन्धित गर्ने इतेहाद बहराइनकाे दाेस्राे डिभिजनको क्लब हाेे । मनिषलाइ २०२२/२३ काे सिजनका लागि क्लबले अनुबन्धित गरेकाे हाे ।

इतिहादले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट मनिषलाइ कल्बमा भित्र्यायकाे जनाएकाे छ । उनले पछिल्लो सिजन “ए” डिभिजन क्लब मछिन्द्र बाट नेपालकाे घरेलु लिग खेलेका थिए । उनलेे खेलेको सिजनमा मछिन्द्र च्याम्पियन समेत बन्न सफल भएको थियो । उनले हालसम्म नेपालका लागि ११ म्याचसमेत खेलिसकेका छन् । उनले इराकमा भएको मैत्रीपूर्ण खेलबाट डेब्यु गर्दै उत्त खेलमा गाेल गर्न समेत सफल भएका थिए । उनलाई कति रकममा क्लबले अनुबन्धित गरेकाे हाे साे कुरा भने खुलाइएको छैन ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation