Baigyanik Media

Advertisment

SKIP THIS

कैलालीका सांसद झपट रावलले एसपीपी र एमसीसी विषयमा सरकार संग यथार्थ विवरण माग

काठमाडौँ । नेकपा (एमाले) का सांसद झपटबहादुर रावलले सरकारसँग अमेरिकासँगको स्टेट पार्टनरशिप कार्यक्रम (एसपीपी) र अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का विषयमा यथार्थ विवरण तत्काल उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत संविधानको धारा २७ अनुसार सूचनाको हक प्रयोग गर्दै ती विषयमा विवरण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको जानकारी गराउनुभएको छ ।

 

सांसद रावलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमक्ष निवेदन दिँदै एसपीपी मा नेपाल सहभागी नहुने भनी नेपाल सरकारले गरेको निर्णय तथा संयुक्त राज्य अमेरिकालाई गरेको पत्राचारका प्रतिलिपि उपलब्ध गराउन माग गर्नुभएको छ ।

 

साथै उहाँले प्रतिनिधिसभाले एमसीसी सम्झौताका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीलाई संयुक्त राज्य अमेरिकाले गरेका पत्राचारका प्रतिलिपि उपलब्ध गराउनुका साथै अमेरिकाले नेपालको निर्णय स्वीकार गर्यो वा गरेन् भन्नेसम्बन्धी सूचना उपलब्ध गराउन माग गर्नुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation