बिहिबार, फाल्गुन १७, २०८०

सुर्खेत वीरेन्द्रनगरमा नागरिक उन्मुक्ति पार्टीको संयोजकमा चौधरी 

कैलाली – वीरेन्द्रनगर नगरपालिकाको नागरिक उन्मुक्ति पार्टीको विशेष नगर भेलाबाट संयोजकमा ऋद्धि बहादुर चौधरी सर्वसम्मत चयन भएका छन् ।शनिबार भएको भेलामा ऋद्धि बहादुर चौधरीको संयोजकत्वमा ३१ सदस्य नगर कमिटी गठन भएको छ । जसको सचिवमा मानकुमारी चौधरी छानिएकी छिन् ।नागरिक उन्मुक्ति पार्टी कर्णाली प्रदेश इन्चार्ज महेन्द्र उपाध्यायको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य सन्तोष कठरियाले गरेका थिए ।कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद रेशम चौधरीको संरक्षकत्वमा देशभरी नागरिक उन्मुक्ति पार्टीको संगठन विस्तार अभियान सुरु भएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation