शनिबार, मंसिर २२, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

रेशम चौधरीकी पत्नी रन्जिता उम्मेदवारको सूची बोकेर आयोग पुगिन्

कैलाली – रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता चौधरी समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेकी छन् । पहिलो पटक निर्वाचनमा भाग लिन लागेको उक्त पार्टीकी अध्यक्ष रन्जिता समानुपातिकतर्फको उम्मेदवारहरूको बन्दसूची बोकेर आयोगको कान्तिपथ स्थित कार्यालय पुगेकी हुन् ।रेशम चौधरी टिकापुर घटनालाई लिएर हाल कैद भुक्तान गरिरहेका छन् । उनले २०७४ सालमा जेलबाटै उम्मेदवारी दिएर प्रतिनिधि सभामा विजयी समेत भएका थिए । उनलाई तत्कालीन सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको शपथ समेत खुवाएका थिए ।तर, कारागारमा रहेका कारण उनी प्रतिनिधिसभाको बैठकमा भने सहभागी हुन पाएनन् । उनले कारागार भित्रैबाट दल गठन गरेका छन् । उनले श्रीमती रन्जितालाई पार्टीको अध्यक्षको जिम्मेवारी दिएका छन् ।उनी तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए । त्यसपछि लोसपा र जसपाबीच पार्टी एकीकरण भएको थियो । पछि पार्टी विभाजनका बेला उनी पुनः महन्थ ठाकुरकै पार्टीमा लागेका थिए । तर, केही समयपछि उनले आफ्नै नेतृत्वमा पार्टी गठन गरेर निर्वाचनमा भाग लिने तयारीमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation