सोमवार, फाल्गुन १४, २०८०

२५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छः बिनोद चौधरी

  • व्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्याङ बनाउने प्रवित्ति धेरै नटिक्ने : चौधरी
  • नवलपरासी-नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले विकासको यात्रामा जोडिन सबैलाई आह्वान गरेका छन् । बिगतमा यस क्षेत्रबाट चुनाव जितेर जाने नेतृत्व प्रति आक्रोस व्यक्त गर्दै चौधरीले भने २५ बर्ष सम्म यो क्षेत्रलाई उपेक्षा गरियो अब जनताको भावना माथि खेलबाड हुदैन । उनले थपे २५ बर्ष देखि नगुडेको बिकासको रेल अब एक्सप्रेस गतिमा गुड्छ आउनुहोस सगै यात्रा गरौ जो छुटे तिनिहरु सदाकालागि छुटे । नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले आज प्रतापपुरमा गरेको आमसभालाई सम्बोधन गर्दै चौधरीले बिकास ,शिक्षा,स्वास्थ्य र रोजगारीको अवस्था र यहाको जिवनस्तर उस्ताको उस्तै रहनु दुर्भाग्यपुर्ण रहेको चौधरीले बताए । आम जनताको भावनालाई भड्काएर व्ल्याकमेल गरेर जनताको मतलाई सत्ताको भर्याङ बनाउने प्रवित्ति धेरै नटिक्ने चौधरीले बताए । स्थानिय श्रोत ,साधनको समुचित सदुपयोग गरेर अघि बढ्न सके परिवर्तन चाडै नै सम्भव रहने बताउदै उमेदवार चौधरीले जनताबाट अनुमोदित नभएको राजनितिक यात्रा दिर्घकालिन नहुने उल्लेख गरे । अरुले जस्तो नकारात्मक टिप्पणी गरेर बिरोध गर्ने आफु सग फुर्सद नभएको र सकारात्मक सोच,र उचित एजेन्डामा नै जिवन समर्पित भएको धारणा व्यक्त गरे । म त विकास बिरोधी होईन बिकासको बिरोध गर्नलाई त त्रिपाठी जि नै हुुहुन्छ उनले भने हामीले फाउन्डेसन मार्फत केरामा आधारित उधोग खोल्न लागेका थियौ यहाकै युवालाले नै रोजगारी पाउथे त्यसलाई त्रिपाठी जि ले रोक्ने प्रयत्न गर्नुभो ।बिकास बिरोधीको जनताले बुझ्न आवश्यक रहेको चौधरीले बताए । चौधरी फाउन्डेसनले सुस्ताको लवडा नम्बर ३ मा केरामा आधारित उधो खोल्न दर्ता प्रक्रिया भै सकेपछि त्रिपाठिले आपत्ति जनाएका थिए । यसैगरी कार्यक्रममा बोल्दै नेपालि कांग्रेसका नेता एवम् पुर्व उपप्रधान मन्त्रि बिमलेन्द्र निधिले राजिनिति सगै आर्थिक मुलुकको आर्थिक बिकास जोडिने हुदा यस क्षेत्रको सर्वाङगिण बिकासकालागि बिनोद चौधरीलाई जिताउनु पर्ने तर्क व्यक्त गरे । नागरिकता बिहिनको सवालमा बोल्दै निधिले एमालेले बिधयेक रोकेको बताउदै गठबन्धन सरकार बनेपश्चात राष्ट्रपति परिवर्तन गरेरै भएपनि नागरकिता बिधयेक पास गराउने दावि गरे ।कार्यक्रममा कार्यकर्ता तथा सुभेच्छुकहरुको उल्लख्निय सहभागिता रहेको थियो ।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation