नवलपरासी १२ मंसिर । सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । पश्चिम नवलपरासीको प्रतापुर गाऊँपालिका वडा नं.८ पिपरपातिमा सौजन्य साना किसान कृषि सहकारी संस्थाको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सोमबार सम्पन्न भएको छ । सहकारीको अध्यक्ष राजेश सिंहको अध्यक्षता एवम् साना किसान विकास लघु वित वितिय संस्था तथा नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । भवनको केन्द्रीय संघका अध्यक्ष पाठकले रिवन काटेर समुद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष पाठक सहकारी भनेको जनता आफैले अवसर लिनको लागि खोलेको बैंक भएको हुँदा जनतालाई समृद्दीको यात्रामा अगाडी बढाउन सहकारीले भुमिका खेलेको बताए । कृषिको विकास नभई देश विकास हुन नसक्ने भएकोले कृषि सहकारी बिशेष ध्यान दिएको बताउनुभयो । उनले सहकारीले व्यक्तीको जीवनमा परिवर्तन ल्याएको बताए । साथै उनले कृषि सहकारीले आफ्नै भवन निर्माण गरेर आत्म निर्भर बनेको भन्दै बधाई समेत दिए । सो कार्यक्रममा लघु वित वितिय संस्था इलाका बुटवल प्रबन्धक गणेश भट्टराई , त्रिवेणी साना किसान कृषि सहकारीका प्रबन्धक सरिता शर्मा , वडा न.८ का वडा अध्यक्ष संतोष राजभर ,छविलाल हरिजन , हरि प्रसाद कोईरी लगायत शुभकामना मन्तव्य गर्नु भएको थिए भने कार्यक्रम संचालन रामेश्वर कोईरीले गरेका थिए ।