नेपाल प्रहरी र सशस्त्रद्वारा पिकअप गाडी सहित करिब १७ लाख मुल्य बराबरको अवैध चिनी बरामद 

नवलपरासी १६ मंसिर/ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ पट्खौली स्थितबाट १६ लाख ९४ मुल्य बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ ।

 

ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बोओपी हरपुरबाट खटिएको संयुक्त टोलीले राति रामग्राम नगरपालिका वडा नं. १७ पट्खौली स्थितमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको लु १ ज ४००४ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा ६० बोरामा ३० क्विन्टल अवैध चिनी फेला पारी चिनी सहित गाडीलाई नियन्त्रणमा लिईएको हो । उक्त बरामद चिनीको अन्दाजी मुल्य १ लाख ९५ हजार बराबर र गाडीको अन्दाजी मुल्य १५ लाख बराबर रहेको छ ।

 

नियन्त्रणमा लिईएको पिकअप गाडी र चिनी आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सुचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation