आइतवार, चैत्र १०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन

काठमाडौं, २० मंसिर सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रचण्डराज अनिलको निधन भएको छ । मुटुरोग, ब्लडप्रेसर र सुगरबाट ग्रसित अनिलको गंगालाल अस्पतालमा मंगलबार ९२ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बुधबार अन्तिम संस्कार गरिने जनाइएको छ । पूर्वन्यायाधीश अनिलले विभिन्न जिल्लामा न्यायाधीश र मुख्य न्यायाधीश भएर काम गरेका थिए ।  उनी विशेष अदालत र क्षेत्रीय अदालतको न्यायाधीश समेत थिए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation