बिहिबार, फाल्गुन १७, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता भुसालको फेसबुक अकाउन्ट ह्याक

अर्घाखाँची २०, मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको हो ।’अर्घाखाँचीमा मतगणनाको अन्तिम परिणाम आउँदै थियो,’ भुसालले भने, ‘पटक-पटक फेसवुकले रिसेट पासवर्ड मागिरहेको थियो । अन्तत: फेसवुक अकाउन्ट नै डिसेवल भयो ।’अकाउण्ट डिसेवल भएपछि बनाउने निकै प्रयास गरेको भए पनि आफू असफल भएको भुसालले बताएका छन् । ह्याक भइसकेपछि केही अस्लिल भिडियो पनि शेयर भएको बुझिएको भुसालले बताए ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation