सेनाले स्तरोन्नति गरेको भवन वडालाई हस्तान्तरण

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–७ काठुगणेशस्थित प्रसूति गृहको स्तरोन्नति गरेको भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरेको भवनको उपत्यका पृतनापति उपरथी योगराज शर्माले उद्घाटन गरी वडालाई हस्तान्तरण गरेको हो ।

 

भवन उद्घाटन गर्दै पृतनापति शर्माले प्रसूति भवनको स्तरोन्नति गरेर उदाहरणीय काम भएको बताउनुभएको छ । “स्थानीय सरकार र समुदायले यसको आवश्यक्ताको पहिचान गरी नेपाली सेनालाई सहयोग गर्ने अवसर प्रदान गर्दै त्यसको स्तरोन्नति गर्न पाउनु ठूलो कुरा हो ।” उहाँले भन्नुभयो, “स्तरोन्नति भएपछि यहाँका वडा बासिन्दादेखि नगरपालिका र भौगोलिक विकटतामा रहेका छिमेकी पालिका खानीखोला र बेथानचोक गाउँपालिकाका बान्सिदालाई प्रसूतिसम्बन्धीको सेवा लिन सहजता हुनेमा विश्वस्त छु ।” सेना भन्ने बित्तिकै जनमानसमा रहेको सोच सैनिक कारबाही गर्छ भन्ने बुझाइरहेकोमा त्यस्तोमात्र नभई सामाजिक कार्य गरेर नागरिक र सैनिक सम्बन्ध सुदृढ गर्नमा केन्द्रित गर्दै आएको उहाँले बताउनुभयो । यसरी स्थानीय सरकार र बान्सिदाको अनुरोधमा भएको सामाजिक कार्यले जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध सुदृढ हुने बताउनुभयो ।

 

सो क्रममा उहाँले विभिन्न गाउँपालिका र नगरपालिकामा विद्यालय भवन, मठमन्दिर निर्माण, क्रियापुत्री घर निर्माण, पानी ट्याङ्की निर्माण, गढी निर्माण र पर्यटकीयस्थलको पहिचान र सुदृढीकरणको कार्य गर्दै आएको उहाँले बताउनुभयो । स्तरोन्नति गरेको प्रसूति गृहमा सैनिक श्रीमती सङ्घबाट आवश्यक गर्ने सामान छिट्टै उपलब्ध गराउने भएको उहाँले बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले स्तरोन्नति भएको प्रसूति गृहबाट पनौतीका नागरिक मात्रै नभएर छिमेकी पालिका खानीखोला, बेथानचोक र महाभारत गाउँपालिकाबाट श्रमिकका रुपमा काम गर्दै आएर पनैतीमा बसोबास गर्ने नागरिकलाई पनि सेवा उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । काम गर्दै जाने क्रममा नगरपालिकाले चाहेर पनि सिमित स्रोतसाधन भएको कारण चाहेको जस्तो सेवा सुविधा दिन नसकेको बताउनुभयो । सो क्रममा उहाँले नगरपालिकाको विभिन्न ठाउँमा मनोरोगसम्बन्धीको सेवाका लागि कुशादेवी र पनौतीमा शिविर सञ्चालन गरी निशुल्क औषधि वितरण गर्दै आएको बताउनुभयो ।

 

स्वास्थ्य सेवालाई थप सुधार गर्नको लागि पनौतीलाई भूगोलको हिसाबले तीन क्षेत्रमा विभाजन गरी सेवा दिने काममा लागिरहेको उहाँले भनाइ छ । त्यस्तै लुप्त रहेको कतिपय ऐतिहासिक धरोहरहरुको उत्खनन र पहिचान गर्न नसकिरहेको अवस्थामा नेपाली सेनासँग समन्वय गरेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिका–७ का वडाध्यक्ष सविन ताम्राकारले पुरानो र सांसृकति सहरको रुपमा रहेको वडाको प्रसूति केन्द्रको गृहलाई स्तरोन्नति गरी पु¥याएको सहयोग अतुलनीय रहने बताउनुभयो । पनौतीको केन्द्रमा रहेको प्रसूति केन्द्रलाई स्तरवृद्धि गरी दश शय्याको अस्पताल निर्माण गर्ने गरी वडा लागिपरेको उहाँले बताउनुभयो । वडा नं ७ मा रहेको स्वास्थ्यचौकी भवनमा स्तरोन्नतिको लागि असोज २३ गतेबाट मङ्सिर २५ गतेसम्म दुई महिना लगाएर कार्य सम्पन्न गरेर व्यवस्थित गरेको भवनमा रगत र पिसाब परीक्षण प्रयोगशाला कक्ष, परिवार नियोजन, खोप, ओपिटी, भण्डारण कक्ष र हल निर्माण गरी वडालाई हस्तान्तरण गरेको नेपाली सेना कालीजङ्ग गण धुलिखेलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९