Baigyanik Media

Advertisment

SKIP THIS

प्रहरीद्वारा १७ लाख मुल्य बराबरको मोबाइल बरामद

नवलपरासी  पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.यन चोक स्थितबाट १७ लाख बराबरको मोबाइल प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मंगलबार पुर्व-पश्विम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु २ ख ७५६ नम्बरको यात्रुवहाक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसमा ५ वटा प्याकेटमा लुकाई छिपाई राखेको १७ लाख मुल्य बराबरको १ सय थान Coolpad Cool 12A Android Smartphone नामको मोवाईल बेवारिसे अवस्थामा प्रहरीले फेला पारी बरामद गरेको हो । बरामद लिईएको उक्त मोबाइल बुधबार आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation