विदेशी महिला लागूऔषध तस्करीमा

दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने अन्तराष्ट्रिय कारोबारमा सङ्लग्न रहेका विदेशी नागरिकसमेत सङ्लग्न भएको पाइएको छ । लागूऔषध विदेश तस्कर गर्न लागेको अवस्थामा तीन विदेशीसहित छ जना पक्राउ परेका प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार विदेशीहरु भने अन्तरदेशीय लागूऔषध तस्करमा सक्रिय रहेको पाइएको छ । त्यसमा विदेशी महिलासमेत रहेका छन् । ती महिला फरकफरक मुलुकबाट आएर नेपाललाई ट्रान्जिट बनाइ लागूऔषध कारोबार गर्न खोजेका खुलेको छ । यस्ता तस्करले नेपालीलाई प्रयोग गरेर लागूऔषध कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

 

उहाँका अनुसार एउटा घटनामा अवैध लागूऔषध ३३ किलो चरेशसहित चार जना पक्राउ परेका छन् । प्रहरीले आज सार्वजनिक गरेको पहिलो घटनाअनुसार भारतीय नागरिकसहितको मिलेमतोमा चार जना मिलेर चरेस तस्करी गर्न लाग्दा चार जना पक्राउ परेका छन् । काठमाडौँबाट विदेशमा लागूऔषध चरेसको तस्करी भइरहेको छ भन्ने सूचनाको आधारमा व्यूरोबाट खटिएको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ देउराली सडक किनाराबाट सोही ठाउँ बस्ने अल्कबहादुर तामाङलाई पक्राउ गरेको हो । उनको साथबाट बा १९ प ३८०४ नम्बरको मोटरसाइकलको पछाडि सुटकेसभित्र लुकाइ ल्याएको अवस्थामा १० किलो चरेस बरामद गरिएको थियो । तामाङसँग थप अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध धादिङबाट काठमाडौँ ल्याइदिने थाक्रेका २७ वर्षीया स्यानी चेपाङ र सोही ठाउँकी पम्फे चेपाङलाई पनि पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । त्यसपछि तीनै जनासँग गरिएको अनुसन्धानकाक्रमा नेपालबाट उक्त लागूऔषध भारतसम्म पुयाउने सक्रिय रहेको पाइएपछि मिलेर भारतमा चरेस कारोबार गर्ने गरेको खुलेको थियो । सो क्रममा काठमाडौँको नागर्जुन बस्ने भारतका शर्राफ ग्याल्ट्सेनसमेतलाई पक्राउ गरिएको छ । उनले आफ्नो सुटकेसको तल फल्स बटम बनाएर चरेश तस्करी गर्न लागेको समयमा तीन वटा सुटकेस बरामद गरिएको थियो ।

 

उनीहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ को कसुरमा म्याद थप गरी अनुसन्धान थालेको छ । त्यस्तै लागूऔषध कारोबारमा सङ्लग्न रहेका दुई विदेशी महिलालाई पनि पक्राउ गरिएको व्यूरोका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । अन्तराष्ट्रिय तस्कर नियन्त्रण तथा अनुसन्धानका लागि ‘क्रिमिनल प्रोफाइल’ बनाउने क्रममा हवाइमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रिने शङ्कास्पद विदेशी नागरिकको निगरानी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा युक्रेनी नागरिक ३२ वर्षकी डारिया एन्टेन्को र थाइ नागरिक आर्या फोनोक रहेका छन् ।

 

यही पुस ६ गते फ्लाइ दुबईमार्फत ब्राजिलबाट दुबई हुँदै काठमाडौँ आएकी ३२ वर्षकी युक्रेनी नागरिक डारियाको गतिविधि शङ्कास्पद लागेपछि निगरानी गर्ने क्रममा काठमाडौँको ठमेलस्थित होटलबाट पक्राउ गरिएको थियो । उनको साथमा रहेको दुई वटा सुटकेशभित्र फल्स बटम बनाएर लुकाई राखेको अवस्थामा पाँच किलो ६०० ग्राम लागूऔषध कोकिन, ३०० अमेरिकी डलर, ४८० थाई भाट र रु पाँच हजार बरामद गरिएको छ । उनीसँगको अनुसन्धानका क्रममा कोकिन लिन थाइल्याण्डबाट मलेसिया हुँदै थाइ नागरिक आर्या नेपाल भित्रिएको थाहा पाएपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको खड्काले बताउनुभयो । उनीहरु सबैलाई म्याद थप गरी लागूऔषध मुद्दामा अनुसन्धान जारी रहेको छ । यसअघि प्रहरीले अमेरिकाबाट पार्सल गरी हुलाक हुँदै गाँजा र चरेस तस्करी भइरहेको तथ्य फेला पारेको थियो । उक्त घटनामा सङ्लग्न रहेका केही व्यक्तिलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारवाही भएको छ । यसरी १० किलोभन्दा माथि गाँजा तस्करी गर्ने व्यक्तिलाई दुईदेखि १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना तथा कोकिन कारोबार गर्नेलाई जन्म कैदसम्म हुन सक्ने तथा पाँचदेखि २५ लाखसम्म जरिवानासमेत लगाउन सकिने कानुनी व्यवस्था रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी

मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि पहल थालेका छौँः वनमन्त्री चौधरी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९