मङ्लबार, माघ २४, २०७९

वैज्ञानिक मिडिया

Advertisment

SKIP THIS

अन्तर्राष्ट्रिय भलिबल : नेपाल श्रीलङ्कासँग पराजित

बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग ०–३ को सोझो सेटमा पराजित भएको हो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो ।

 

यसअघि हिजो भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको थियो । आजको खेलमा नेपालले श्रीलङ्कासँग पहिलो सेट २४–२६ ले गुमायो भने खेलको दोस्रो सेट १८–२५ ले गुमायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेटमा नेपाल १७–२५ ले पराजित भयो । यही पुस ११ गतेसम्म चल्ने उक्त च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब समूह चरणको तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानको सामना गर्नेछ । उक्त खेल भोलि हुनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!