बिहिबार, बैशाख १३, २०८१

राप्रपा बागमती प्रदेश संसदीय दलको नेतामा उद्धव थापा चयन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलको नेतामा काठमाडौँ–८ (२) बाट प्रत्यक्षतर्फ निर्वाचित प्रदेशसभा सदस्य उद्धव थापा सर्वसम्मत चयन हुनुभएको छ । उक्त संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले दलको नेतामा थापालाई सर्वसम्मत चयन गरेको राप्रपा बागमती प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री विक्रम थापाले जानकारी दिनुभयो । बागमती प्रदेशसभामा काठमाडौँ जिल्लाको नागार्जुन नगरपालिका–२ थापा चोक बस्ने ५५ वर्षीय थापासहित राप्रपा १३ जना सदस्यले दलको प्रतिनिधित्व गर्दै हुनुहुन्छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation