आइतवार, मंसिर २४, २०८०

बर्दगोरियामा आजदेखि गाउँपालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु हुने 

कैलाली । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भने नारा सहित कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं १ रहेकाे राईजिङ्ग स्टार युवा क्लवको आयोजनामा आजदेखि प्रथम गाउँपालिकास्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु हुँदै छ । आज २४ गते शुक्रवार देखि कात्तिक २६ गते सम्म झकडपुर सशस्त्र बेस क्याम्प नजिक खेल मैदानमा हुने भलिबल प्रतियोगितामा यस पालिका ७ टिम सहभागी भएको क्लवले जनाएको छ ।

 

प्रथम बर्दगोरिया गाउँपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० आयोजना गरी पालिकामा भलिबल खेलमा नयाँ खेलाडी उत्पादन, खेलाडीको विकास र खेलको विस्तारका लागि यो प्रतियोगिता आयोजना गरिएको राईजिङ्ग स्टार युवा क्लवका अध्यक्ष डम्मर बहादुर बुढाले बताउनुभयो ।

 

खुल्ला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार , द्वितीय हुनेले ७ हजार र तृतीय हुनेले ४ हजार नगदसहित टर्फी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

 

आज दिउँसोकाे १२ बजेदेखि सुरु हुने सो प्रतियोगिताको उद्घाटन बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरी (लालदीप)ले गर्नुहुनेछ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!