बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुँदै, कति छ पुरस्कार?

कैलाली । कैलालीको बर्दगोरियामा सर्वाधिक पुरस्कार राशीको जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०८० को आयोजना गरिएको छ । बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसको आयोजनामा प्रतियोगिता हुने भएको हो ।

 

शनिबार बौनियामा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिता बारे जानकारी गराइएको छ । पालिका स्तरबाटै खेलाडीको उत्पादन ,पहिचान गरि उनीहरूलाई स्वस्थ, अनुशासन र लगनशील भई देशकै प्रतिनिधित्व गर्न प्रेरित गर्ने उदेश्यसहित प्रतियोगिताको आयोजना गरिएको आयोजक बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले जानकारी दिए ।

 

प्रतियोगिताको विजेता टीमले नगद रु.२ लाख र ट्रफी प्राप्त गर्नेछ । यसैगरी प्रतियोगिताको दोस्रो हुने टीमले रु.१ लाख ५ हजार तथा ट्रफी पाउनेछ । यसैगरी प्रतियोगिताकै उत्कृष्ट खेलाडीले नगर रु. २० हजार ,उत्कृष्ट गोलरक्षकले रु.१५ हजार ,उत्कृष्ट गोलकर्ताले रु.१५ हजार, उत्कृष्ट डिफेन्डरले रु.१५ हजार तथा प्रतियोगिताकै उदयमान खेलाडीले पनि नगद रु.१५ हजारसहित ट्रफी पाउनेछ्न ।

 

आयोजककाअनुसार यही मङ्सिर ८ गतेदेखि सुरु हुने प्रतियोगिताको लागि मङ्सिर ५ गतेसम्म टीम दर्ता गराइसक्नु पर्नेछ । टीम दर्ताको लागि ६ हजार रुपैया शुल्क लाग्नेछ । प्रतियोगिताका लागि एक स्थानीय तह (पालिका) बाट तीन टीमले भाग लिन पाउनेछ्न ।

 

प्रतियोगिताको उद्घाटन मङ्सिर ८ गते सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ । स्थानीय मुडा खेल मैदानमा हुने प्रतियोगिताको लागि करिब २० लाख बराबरको खर्च लाग्नु अनुमान गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!