बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

बर्नलीमाथि आर्सनल ३-१ ले विजयी

काठमाडौँ। ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बर्नलीलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बर्नलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड, विलियम सलिबा र ओलेक्जान्द्र जिन्चेकोले एक एक गोल गरेका थिए ।  त्यसैगरी यस खेलमा आर्सनलका फाबुओ भएइराले रातो कार्ड पाएका थिए । त्यस्तै बर्नलीका लागि जोश ब्राउनहिलले एक गोल गरेका थिए ।यो जितपछि आर्सनलको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको यो हारपछि १२ खेलमा केवल ४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!