बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

भलेन्सियामाथि रियल म्याड्रिड ५-१ ले विजयी

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले भलेन्सियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले भलेन्सियालाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर र रोड्रीगोले २-२ गोल गरेका थिए भने डानी कार्भाजलले एक गोल गरेका थिए । त्यसैगरी भलेन्सियाका लागि हुगो डुरोले एक गोल फर्काएका थिए ।

 

यो जितपछि रियल म्याड्रिडको १३ खेलमा ३२ अंक भएको छ र लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै लिगको शिर्ष स्थानमा भने गिरोना रहेको छ । गिरोनाको १३ खेलमा ३४ अंक रहेको छ ।त्यसैगरी भलेन्सियाको भने यो हारपछि १३ खेलमा १८ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!