बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

पाकिस्तानमाथि ईङल्याण्डको ९३ रनको जित

काठमाडौँ । ईङल्याण्डले पाकिस्तानलाई पराजित गरेको छ । जारी क्रिकेट विश्वकपको लिग चरणको खेलको अन्तिम खेलमा ईङल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजति गरेको हो ।ईङल्याण्डले दिएको ३३८ रनको लक्ष्य पछाएको पाकिस्तानले ४३.३ ओभरमा अल आउट हुदै २४४ रन मात्र बनाएको थियो । यसअघि ईङल्याण्डले ५० ओभरमा ९ विकेट गुमाउदै ३३७ रन बनाएको थियो ।

 

योसँगै पाकिस्तान विश्वकपबाट बाहिरिएको छ । पाकिस्तानले यस विश्वकपका ९ खेलमा ४ जित र ५ हार बेहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा रहदै विश्वकपको यात्रा टुंगिएको छ ।त्यस्तै ईङल्याण्डले यस विश्वकपमा ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर सातौं स्थानमा रहदै विश्वकप सकेको छ । ईङल्याण्ड सेमिफाइनलमा पुग्न नसकेपनि २०२५ मा हुने च्याम्पियन्स ट्रफीमा भने आफ्नो स्थान सुरक्षित गरेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!