बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा आठ लाख भन्दा बढीको कपडा बरामद

नवलपरासी । व्यापारीहरुले चाडपर्वलाई लक्षित गरी भारतीय बजारबाट अवैध रूपमा नेपाल भित्र्याइएको कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर ३ सय ४४ ओटा मखमली लेडिज सुट सशस्त्र प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा न.४ पचफेडा स्थितबाट बुधबार बिहान बरामद गरेको हो ।

नेपालबाट भारततर्फ र भारतबाट नेपालतर्फ ओसारपसार गर्ने तस्करहरुले भारतबाट अवैध रूपमा मखमली लेडिज सुट नेपाल भित्राई पचफेडामा लुकाएर राखेको अवस्था सुचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल भुजहवाका सशस्त्र प्रहरी निरिक्षक प्रेम कार्कीको नेतृत्वमा खटिएको टोलीले कपडा बरामद गरेको हो ।

उक्त बरामद गरेको कपडा करिब ८ लाख ६० हजार मुल्य बराबरको रहेको छ भने बरामद भएको अवैध कपडा आवश्यक कार्वाहीको लागी महेशपुर भन्सार कार्यालय पठाउने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपाल गण नं २६ हे.क्वा पश्चिम नवलपरासीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!