सोमवार, मंसिर २५, २०८०

बेवारिसे अवस्थामा १ लाख ८९ हजाबराबरको कपडा बौनियाँबाट बरामद

कैलाली । भन्सार छली गरेर भारतबाट ल्याइएको करिब १ लाख ८९ हजार बराबरको सामान बरामद गरिएको छ।सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बौनियाकाे टोलीले जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ सडकपुर बौनिया भजनी रोडबाट १ लाख ८९ हजार ६ सय मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको हो।

 

बरामद गरिएका सामानहरूमा कपडा सुट ११६ हेडकबर ३७ पिताम्बर १० रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र वहादुर पालले जानकारी दिए।

 

उक्त सामान बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। बरामत गरिएको सामान खकरौला भन्सार कार्यालय सतीमा पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!