बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

उदाउँदो सुर्यलाई अर्घ दिई छठ पर्व मनाईयो

नवलपरासी । छठ पर्वको चौथो दिन , सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नवलपरासी सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोक प्रियता बढेको छ । छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि शुक्रबार देखि सुरु भई सोमबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा पश्चिम नवलपरासीको विभिन्न ठाउँहरूमा रामग्राम नगरपालिका, पाल्हिनन्दन गाउँपालिका, सरावल गाउँपालिका, सुस्ता गाउँपालिका, बर्दघाट नगरपालिका, सुनवल नगरपालिका ,प्रतापपुर गाउँपालिका लगायतका क्षेत्रहरूमा रहेको ताल , तलैया , नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।कार्तिक मास शुक्ल पक्षको सप्तमी सम्म यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिएको हो । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठ पर्वमा हरेक किसिमको फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ साथै सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान हुन्छ भन्ने मान्यता रहेको छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सा माथि कैयौँ चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । धार्मीक सदभावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी समुदाय साथै मुस्लिम,जनजाति लगायतहरुको सहभागिता रहेको र यो पर्वमा हरेक समुदायको चासो बढदै गएको हुदाँ हरेक बर्ष बृदि हुदै गएको देखिन्छ । छठ पर्व सुर्यको अराधाना र उपासना गरि मनाउने गरिएको छ । छठ पर्वको अन्तिम दिन सोमबार बिहान उदाउँदो सुर्यको पुजाआधाना गर्नको लागि विभिन्न ठाउँहरूमा परासी ,महेशपुर ,भुजहवा ,गुठी सुर्यपुरा ,गुठी परसौनी ,पक्लिहवा ,गुडिया,प्रतापपुर ,त्रिवेणी लगायत क्षेत्रहरूमा रहेको ताल ,तलैया ,नदिका घाटहरूलाई विषेश रूपमा सिङगारिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!